गाेरखा । जिल्ला भित्र रहेका दुइ वटा नगरपालिका र ९ वडा पालिकाहरुले आज याेजना अनुसारकाे बजेट सार्वजनिक गर्ने भएका छन् । स्थानीय तहले असार १० गते भित्र नीति तथा कार्यक्रम सहित बजेट प्रस्तुत गर्नेपर्ने प्रावधान रहेकाे छ ।
चुमनुब्री गाउँपालिका अध्यक्ष निमा लामाका अनुसार पालिकाले सबै कार्यक्रमहरु समेटेर एकमुष्ट बजेट ल्याउन लागेकाे छ । धार्चे गाउँपालिकाले वडा तहमा कतिबजेट दिने भन्ने विषयमा छलफल चलिरहेकाे बताएकाे छ । शुक्रबार सभामा बजेट प्रस्तुत हुने गाउँपालिका अध्यक्ष लक्ष्मण गुरुङले बताए ।
यसैगरी आरुघाट, भीमसेन थापा, शहिदलखन, गण्डकी, बारपाक सुलिकाेट, गाेरखा नगरपालिका, पालुङटार नगरपालिका, सिरानचाेक गाउँपालिका र अजिरकाेट गाउँपालिकाले नीति तथा कार्यक्रम अनुसार बजेट सार्वजनिक गर्ने भएका हुन् ।