Breaking News

गाेरखा नगरपालिकाले गर्याे जनताकाे अधिकार सुनिश्चित

By मनासलु

June 25, 2022

गोरखा,  असार । गाेरखा नगरपालिकाले जनताकाे अधिकार सुनिश्चित गर्न सुरुवात गरेकाे छ । यस अघि घर बनाउन चाहने नागरिकहरुसँग विभिन्न नाममा रकम असुल्दै आएकाे नगरपालिकाले शुक्रबार भएकाे बजेट अधिवेशनबाट नक्सापास निशुल्क गर्ने निर्णय गरेकाे हाे । जनताकाे आवासकाे अधिकार अन्तगर्त घर बनाएर बस्छु नक्सा पास गर्देउ भन्दा पैसा तिर्नुपर्दैन । यस अघि नगरपालिकाले घरकाे क्षेत्रफल नापेर रकम असुल्दै आएकाे थियाे ।

गोरखा नगरपालिकाले नगरबासीहरुका लागि घर निर्माण गर्दा नक्सा नगरपालिकाले नै निशुल्क रुपमा बनाइदिने घोषणा गरेको छ । नगरपालिकाका प्रमुख कृष्ण रानामगरले आर्थिक बर्ष २०७९/ ०८० को नीति तथा कार्यक्रम आज सार्वजनिक गर्दै यस्तो घोषणा गरेका हुन । नगरपालिकाले गोरखा बजारको सुन्दरता बढाउनका लागि बजार क्षेत्रलाई सुरक्षित, व्यवस्थित, गर्न ठूला लोड गाडीहरु बजार भन्दा बाहिरबाट आउने जाने व्यवस्था मिलाउने नीति अनुरुप डण्डी डाँडा बसपार्क व्यवस्थित गर्ने, ठिँगुरेस्वाँरा खोलखोले साइड, सतिपिपल साइड र रानीस्वाँरा आहाले भन्ज्याङ साइडमा बसपार्क निर्माण गर्ने योजना सार्वजनिक गरेको छ ।

नगरप्रमुख रानामगरले सार्वजनिक गरेका नीति तथा कार्यक्रममा एक वडा एक स्तरीय सडक, एक वडा एक गौरवको आयोजनालाई सञ्चालन गर्ने नगरपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक गरे । त्यस्तै जनतासंग नगरप्रमुख कार्यक्रम सञ्चालन गर्ने, एक वडा एक खेलमैदान निर्माण कार्यक्रम ल्याउने, गाई बस्तुका लागि सुत्केरी स्याहारका लागी अनुदान सहयोग गर्ने लगायतका लोकप्रिय कार्यक्रम नगरपालिकाले ल्याएको छ ।

नगरपालिका भित्रका फोहोर व्यवस्थापनका लागि मेरो फोहोर मेरो जिम्मेवारी भन्ने अबधारणको बिकास गराउने खालका कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेको छ । त्यस्तै वडा नम्बर ८ मा रहेको डम्पिङ साईडलाई सरसफाई केन्द्रको रुपमा बिकास गर्ने, नगरपालिका भित्रका फोहोर मैला व्यवस्थापनलाई थ्रि आर बिधिमा व्यवस्थापन गरिने, नगरपालिका भित्र कृत्रिम पोखरीहरु निर्माण गरी सुन्दरता र रामणीय ता सहितको पानीको स्रोत बढाउने नीति नगरपालिकाले लिएको छ ।

शिक्षामा नगरपालिकाले १० बर्षे शैक्षिक गुरु योजना निर्माण निर्माण गर्ने , एक विद्यालय एक स्काउट शिक्षक उत्पादनमा जोडदिने, शिक्षण सिकाईलाई प्रभाकारी बनाउन नियमित अनुगमन गर्ने तथा विद्यालयहरुलाई प्रबिधिमैत्री बनाउन प्राबिधिक ज्ञान सिपको बिकास गराउने खालका कार्यक्रम सञ्चालन गर्ने घोषणा नीति तथा कार्यक्रममा गरिएको छ ।