जग्गा चक्लाबन्दी गरेर खेती गरी उत्पादन बढाउनु : कृषि मन्त्री बुढा मगर

बुधबार, असार १५, २०७९

असार, १५ गाेरखा ।  गण्डकी प्रदेश सरकारका भूमी व्यवस्था,कृषि, सहकारी तथा गरिवि निवारण मन्त्रालयका मन्त्री चन्द्रबहादुर बुढाले किसानहरुलाई जग्गा चक्लाबन्दी गरेर खेती गर्न आग्रह गरेका छन् ।

जिल्लाकाे सहिद लखन गाउँपालिका वडा नम्बर ३ स्थित कल्लेरी मनकामनामा धान दिवसको अबसरमा आज आयोजित रोपाई कार्यक्रममा  कृषिमन्त्री बुढामगरले नागरिकहरुमा राेजगारीका ग्रेन्टी गर्न र उत्पादन वृद्धि गर्न कृषि क्षेत्र महत्वपूर्ण रहेकाे बताए ।

आयातलाई प्रतिस्थापन गरेर प्रदेश भित्र उत्पादित बस्तुलाई निर्यात गर्न सके मात्र राष्ट्रिय पुँजी निर्माण हुने उनकाे भनाइ छ । बाँझाे जग्गामा खेती गर्ने, जग्गा चक्लाबन्दी गर्ने कामलाइ प्रदेश सरकारले महत्वका साथ लिएकाे उनले बताए । कार्यक्रममा पूर्व कृषि मन्त्री लेख बहादुर थापा मगरले कृषि क्षेत्रमा हुने उत्पादनले राष्ट्रकाे गृहस्थी उत्पादनमा याेगदान हुने बताए । कृषिलाइ आधुनिकीकरण गर्न राज्यले निरन्तर  सहयाेग गर्नुपर्ने बताए ।

साना किसान कृषि सहकारी संस्था लिमिटेड मनकामनाको आयोजनामा भएको कार्यक्रममा जलदेवी बिजबृद्धि कृषक समुह, मनकामना क्षेत्रबिकास समिति, सहिद लखन गाउँपालिका वडा नम्बर ३ को सहकार्य रहेको थियो ।