भागीरथको ‘झमझम झुम्काना’ युट्युब ट्रेडिङको शीर्ष स्थानमा (भिडियो सहित)

मङ्लबार, असार २८, २०७९
काठमाडौं । तीज आउन करिब डेढ महिना बाँकी रहेपनि बजारमा तीज गीतहरु धमाधम भित्रिन थालेका छन् ।
यस्तैमा गायक भागीरथ चलाउनेले ४ दिन अगाडि सार्वजनिक गरेको तीज गीत ‘झमझम झुम्काना’ युट्युब ट्रेडिङको शिर्ष स्थान ओगट्न सफल भएको छ ।
सामाजिक सञ्जाल टिकटकमा समेत भाइरल भएको यो गीत भागीरथ चलाउने र सुनिता बुढा क्षेत्रीको स्वर छ । बोमबहादुर गाहा मगरले शब्द रहेको गीतमा संगीत समेत गायक चलाउने कै रहेको छ ।