जन्मदिनको अवसरमा विभिन्न सहयोग हस्तान्तरण

शुक्रबार, असार ३१, २०७९
गोरखा । बारपाक सुलिकोट ६ मोहरिया स्थायी घर भई विगत ७ वर्षदेखि गोरखा नगरपालिका ६ हस्पिटलचोकमा द युनिक टेलर्स संचालन गर्दै आउनुभएका बिकास बाबु परियारले आफ्नो जन्मदिनको अवसरमा बिभिन्न सहयोग सामाग्री हस्तान्तरण गर्नुभएको छ ।
हरेक वर्ष असार ३० गते जन्मदिनको अवसरमा विभिन्न सामाजिक काममा सहयोग गर्दै आउनुभएका र समाजसेवीको छुट्टै पहिचान बनाउनुभएका उहाँले यसपटक जन्मदिनको अवसरमा निम्न अनुसारको सहयोग गर्नुभएको छ ।
१. मानवसेवा आश्रम गोरखा शाखामा केही खाध्यान्न सामाग्री हस्तान्तरण
२. गोरखा टेलरिङ व्यवसायी संघ गोरखा लाई रु. २०००/- सहयोग
३. सुर्य ज्योति मा.बि. बारपाक सुलिकोट ६ ताकुकोटमा अध्यानरत १० जना बिपन्न बिद्यार्थीहरुलाई बिद्यालय पोषाक
४. चन्डिका आधारभुत बिद्यालय सहिद लखन गा.पा. ७ मा अध्यानरत १ जना बिपन्न बिद्यार्थीहरुलाई बिद्यालय पोषाक
५. रामेश्वरी मा.बि. सहिद लखन गा.पा. ८ मा अध्यानरत १ जना बिपन्न बिद्यार्थीहरुलाई बिद्यालय पोषाक
५. २०७८ साउन देखि २०७९ असार सम्म द युनिक टेलर्सबाट अधिकतम् खरिद गर्नु हुने गोरखा नगरपालिका ४ फिनाम     निवासी अर्जुन खड्काको सिफारिसमा बिपन्न १ जना विद्यार्थीलाई एक सेट बिद्यालय पोसाक उपलव्ध गराउने