आरुघाटमा दुध डेरी सञ्चालनमा, फितलाे व्यवस्थापनका कारण उपभाेक्ता सेवामा कमी

बुधबार, साउन ४, २०७९

आरुघाट, गाेरखा । जिल्लाकाे आरुघाट गाउँपालिकामा दुध डेरी सञ्चालनमा आएकाे छ । आरुघाट दुग्ध तथा कृषि सहकारी सँस्था लि ले सञ्चालनमा ल्याएकाे डेरीकाे व्यवस्थापन पक्ष भने फितलाे पाइएकाे छ ।

सहकारीलाइ गाउँपालिकाले डेरी सञ्चालनका लागि भवन निर्माण गर्नुका साथै डेरीका लागि आवश्यक चिलिङभ्याट, दुध क्यान, नापताैल गर्ने डिजिटल तराजु, लाक्टाे, फ्याट छुट्याउने उपकरणहरु, ग्याँस, ग्याँस चुल्हाे आवश्यक मात्रमा उपलब्ध गराएकाे छ । पाएका सामग्रीहरु समेत प्रयाेगमा आएका छैनन् ।

गाउँपालिकाले किसानहरुलाइ भैँसीपालनका लागि ५० प्रतिशत अनुदानमा ५६ वटा भैँसी समेत दिएर सहयाेग गरेकाे सहकारीका अध्यक्ष पदम प्रसाद खनालले बताए ।

हामीलाइ गाउँपालिकाले सबै सहयाेग गरेकाे हाे । तर किसानले गाउँबाट पठाएकाे दुध डेरीमा राख्दा फाट्याे त्यसकाे भुक्तानी पालिकाले दिएन, पटक पटक फाटेकाे दुधकाे भुक्तानी करिव तीन लाख ५० हजार अनुदान दिन माग गरेका छाैँ, पालिका सुने नसुने गर्छ, सहकारी अध्यक्ष खनालले भने ।

यस अघि पनि आरुघाटमा दुध डेरी सञ्चालनमा रहेकाे थियाे । व्यवस्थापन पक्षमा कमजाेर हुँदा त्यसले गति लिन सकेन । आरुघाट गाउँपालिका भित्र रहेका जमिन घाँसकाे उर्वर भूमी रहेकाले यहाँ गाइ भैँसी पालेर दुध उत्पादन गर्न सहज छ । यहाँ उत्पादन भएकाे दुध विक्रीका लागि गाेरखा बजार लगायतका बजारमा सजिलै पठाउन सकिन्छ ।

अनुदान पाउने आशमा मात्रै चलेका यस्ता डेरीहरुमा प्राविधक जनशक्ती भन्दा पनि राजनैतिक कार्यकर्ताकाे भर्ति केन्द्र बनाएका कारण सफल हुन नसकेकाे कतिपयकाे बुझाइ छ ।

डेरिमा बस्ने कर्मचारीकाे लागि तालिम पठाउने क्रममा हाेस् या भैँसी वितरण गर्ने क्रममा हाेस् आफ्ना र विचार मिल्ने समूहका मानिसहरु खाेज्ने गर्दा डेरीलाइ पालिकाकाे अनुदानकाे भर पर्नु परेकाे अधिकाँश नागरिकहरुकाे बुझाइ छ ।

डेरीमा दुध, नाैनी, पनिर , दहि जतिबेला पनि उपलब्ध हुनुपर्ने भएपनि यहाँकाे डेरीमा भने विहानकाे समयमा दुध मात्र पाइन्छ । दैनिक ४० लिटर सङ्कलन हुने दुध विहान वजार पुर्याएपछि डेरीकाे काम सकिन्छ । दहीकाे आवश्यकता पर्याे भने गाेरखा बजारबाट मगाएर विक्री गर्ने गरेकाे व्यवस्थापक भूमिनन्द पाण्डेले बताए ।

यस अघि दहि पाइँदैन्थ्याे मैले असार १ गतेबाट जिम्मा लिएपछि गाेरखाबाट मगाएर माग अनुसारकाे आपूर्ती गर्ने गरेकाे छु, उनले भने । दहि बनाउन यहिँ सकिने भएपनि आफूलाइ त्यसबारेमा ज्ञान नभएकाे र आफूले किसानबाट आएकाे र बजारमा गएकाे दुधकाे रेकर्ड राखेर समयमा भुक्तानी गर्ने गरेकाे बताए ।

तीन महिना सम्म तालिममा पठाएकाे मानिसले काम नदिएपछि डेरी सञ्चालनमा समस्या भएकाे सहकारीका अध्यक्ष खनालकाे भनाइ छ । यसलाइ साधारण सभा गरेर व्यवस्थित बनाउने पहल भइरहेकाे उनले बताए । भैँसी वितरणकाे क्रममा पहिले किसानहरुकाे तथ्याङ्क नलिएर गाेठमा भैरहेकाे भैँसी देखाएर अनुदान लिनेहरुका कारणले पनि डेरीमा दुधकाे मात्रा बढ्न सकेकाे छैन उनले भने । यस पटक १६ वटा भैँसीका लागि आएकाे अनुदान असली किसानलाइ दिने उनकाे भनाइ छ ।

आरुघाट गाउँपालिका पशुसेवा शाखा प्रमुख इन्द्रहरी खनालका अनुसार आरुघाटमा डेरी राम्रै सञ्चालनमा आएकाे छ । गाउँपालिकाबाट प्राप्त हुने अनुदानका लागि आफूले सकेकाे सहयाेग गरिरहेकाे उनले बताए । फाटेकाे दुधकाे भुक्तानीका लागि उहाँहरुकाे माग रहेकाे छ त्यसका लागि पालिका अध्यक्षसँग कुरा भइरहेकाे उनले बताए ।

पालिका भित्र रहेका १२८ जना सेयर सदस्यहरु मिलेर सञ्चालनमा ल्याएकाे सहकारीकाे रेखदेख गर्न अध्यक्ष बाहेक अन्यकाे उपस्थित कमै रहेकाे पाइएकाे छ ।