धार्चे गाउँपालिकाले ३० लाख खर्चेर खरिद गरेकाे औषधी म्याद गुज्रेका र मूल्यसूचि नभएका मात्रै

शनिबार, साउन ७, २०७९

गाेरखा । महालेखा परीक्षककाे प्रतिवेदन अनुसार धार्चे गाउँपालिका गाेरखाले आर्थिक वर्ष ०७७।०७८ मा नियम विपरीत खरिद गरेकाे औषधी अधिकाँश म्याद गुज्रिएका र मूल्य सूची नभएकाे जनाएकाे छ । मूल्य सूची नै नभएपछि माग गरिएकाे मूल्य अनुसारकाे औषधी भए नभएकाे यकिन गर्न नसकिएकाे नायव महालेखापरीक्षक शम्भु कुमार श्रेष्ठले बताए ।

नियम मिचेर सरकारी दररेट भन्दा धेरै रेट राखी विभिन्न याेजनाकाे भुक्तानी गरेकाे पाइएकाे छ ।

काम नहुँदै प्रतिवेदन तयार गरी विलमा माग गरे भन्दा धेरै रकम भुक्तानी गरेकाले असुल उपर गर्न महालेखा प्रतिवेदनले भनेकाे छ । गाउँकार्यपालिकाबाट बहुमतकाे निर्णय भन्दै जथाभावि विल विना भुक्तानी गरेकाे पाइएकाे हाे ।

कृषिका अनुदान गैर कृषकहरुकालाइ वितरण गरेकाे पाइएकाे छ । यस अघि पनि धार्चे गाउँपालिकाले गैर कृषकलाइ कृषि अनुदानका कार्यक्रम दिएकाे भनि समाचार प्रकाशन भएका थिए । महालेखापरीक्षककाे प्रतिवेदनमा साे कुरा प्रष्ट लेखिएकाे छ ।

डाेजर लगाएका सडकमा डाेजरकाे दररेट अनुसारकाे भाडा र तेल खर्च भनि अलग अलग शिर्षकमा भुक्तानि भएकाे देखिएकाले असुली गर्न महालेखापरीक्षकले निर्देशन गरेकाे छ । तेल र डाेजर खर्च भनेर दुइ शिर्षकमा भुक्तानी गर्नुकाे असल नियत नदेखिएकाे प्रतिवेदनमा उल्लेख छ । सक्कल विल नभएपनि भुक्तानी गरिएकाे पाइएकाे छ । 

जनप्रतिनिधि र कर्मचारीले तिर्नुपर्ने कर नतिरेकाे पाइएकाे छ । कर असुली गर्न महालेखापरीक्षकले निर्देशन गरेकाे छ ।

वडा नम्बर ५ र ७ काे वडा भवन निर्माणकाे क्रममा प्रचलित नियम भन्दा फरक पारी कराेड माथिका याेजना समेत उपभाेक्ता समितिबाट निर्माण गराइ राज्यलाइ व्यय पारेकाे र उपभाेक्ता समिति मार्फत काम लगाउनु असल नियत नदेखिएकाे महालेखा परीक्षककाे प्रतिवेदनमा उल्लेख छ । सरकारी काेषलाइ आफ्नाे पक्षमा पार्ने काम गरेकाेले राम्राे काम समेत नभएकाे उल्लेख छ ।