अजिरकाेट आँखा उपचार केन्द्रकाे सेवाबाट विकट भूगाेलका नागरिक लाभान्वित

शुक्रबार, साउन १३, २०७९

गाेरखा । आँखामा सामान्य केही भयाे की अजिरकाेटका नागरिकहरु एम्बुलेन्स रिजर्व गरेर गाेरखा,चितवन,पाेखरा,काठमाण्डाै पुग्नु पर्दथ्याे । एम्बुलेन्स खर्च तिर्न नसक्नेहरुले विरामी आँखा मिचेर घरमै बस्नुपर्ने बाध्यता थियाे ।

अजिरकाेटमा आँखा उपचार केन्द्र स्थापना भएदेखि एक हजार चार सय ७० जनाले सेवा लिएका छन् । अजिरकाेट आँखा उपचार केन्द्रमा अजिरकाेट, सिरानचाेक र लमजुङ जिल्लाका नागरिकहरु उपचारका लागि धेरै सँख्यामा आउने गर्दछन् । उपचार केन्द्रबाट उत्तरी गाेरखा र लमजुङकाे विकट भूगाेलका नागरिकहरु लाभान्वित भएका छन् ।

२०७८ साल पुस २६ गते  नेपाल आँखा अस्पताल त्रिपुरेश्वर काठमाण्डाै पुर्व कार्यकारी, हाल व्यवस्थापन समितिका उपाध्यक्ष दमन बहादुर घले, अजिरकाेट गाउँपालिका तत्कालिन अध्यक्ष फडिन्द्र प्रसाद धिताल र मुटु फाउण्डेशनका अध्यक्ष धन बहादुर गुरुङले अजिरकाेट आँखा उपचार केन्द्रकाे उद्घाटन गरेका थिए ।

सेवा केन्द्रमा अजिरकाेट गाउँपालिका, नेपाल आँखा अस्पताल , मनाेज एसाेसिएसन फ्रान्स र मुटु फाउण्डेशनकाे सहकार्यमा शिविर समेत भइरहेकाे छ ।

केन्द्रमा शिविरमा बाहेक ९१० जनाले आँखा जाँच गराएका छन् । १३८ जनाकाे माेतिबिन्दुकाे शल्यक्रिया गरिएकाे छ । दृष्टि सुधारका लागि २१२ जनाले चश्माकाे सुविधा लिएका छन् ।

अजिरकाेट आँखा उपचार केन्द्रमा नियमित आँखा जाँच भइरहेकाे छ । नेपाल आँखा अस्पतालले उपलब्ध गराएकाे नेत्र सहायकले नियमित सेवा प्रदान गरिरहेका छन् । पाँच वर्ष सम्मकाे सझाैता गरी नेपाल आँखा अस्पतालले नेत्र सहायक उपलब्ध गराएकाे हाे ।  यस अघि चश्मा बनाउने तालिम प्रदान गरी प्राविधिक  तयार गर्न  मुटु फाउण्डेसनले सहयाेग गरेकाे थियाे । अजिरकाेट गाउँपालिका,नेपाल आँखा अस्पताल , मनाेज एसाेसियसन फ्रान्स र मुटु फाउण्डेशनकाे सँयुक्त प्रयासमा खुलेकाे आँखा उपचार केन्द्रबाट यस क्षेत्रका नागरिकहरु अत्यन्त खुशि छन् ।

अजिरकाेटकाे भौगोलिक अवस्था ,संस्थासँग लामो काम गरेको अनुभव ,पालिकाको सहयोग र मुटु फाउण्डेशनकाे अत्यन्त राम्राे व्यवस्थापन देखेर नेपाल आँखा अस्पतालले उपत्यका बाहिर पहिलाे पटक आँखा उपचार केन्द्र सञ्चालनमा ल्याएकाे नेपाल आँखा अस्पताल त्रिपुरेश्वर व्यवस्थापन समितिका उपाध्यक्ष दमन बहादुर घलेले बताए ।

आँखाले सजिलै देख्न नसकेकाहरुले अहिले सजिलै देख्न थालेका छन् । समस्या भइहालेमा उपचार गर्ने ठाउँ छ भन्दै नागरिकहरु ढुक्क छन् । मनाेज एसाेसियसन फ्रान्स र मुटु फाउण्डेशनले उपलब्ध गराएकाे अत्याधुनिक मेशिनबाट आँखाकाे उपचार हुने गर्दछ ।

आपतकालिन अवस्थामा चाैविसै घण्टा र अन्य समयमा १० देखि ४ बजेसम्म आँखा उपचार केन्द्र खुला रहने गर्दछ । उपचारका लागि आउने सेवाग्राहीहरुका लागि नेपाल आँखा अस्पतालकाे नियम अनुसार सेवा सुविधाहरु वडापत्रमा सबैले देख्ने गरी राखिएकाे छ ।

गाउँपालिकाबाट राख्नुपर्ने एकजना कर्मचारी प्रक्रियामा रहेकाे र छिट्टै त्यसले पूर्णता पाउने गाउँपालिका अध्यक्ष दिपक देवकाेटाले बताए । उपचार केन्द्रमा सामग्रीहरु व्यवस्थित गरेर मिलाएर राखिएकाे छ ।

 

सेवा लिन आउने सेवाग्राहीलाइ गरिने व्यवहारले नजिकै रहेका स्वास्थ्य चाैकीका कर्मचारीहरु समेत दङ्ग छन् । सेवाग्राही खुशी साथ सेवा लिएर फर्कने गरेका स्थानीय नागरिक डिल बहादुर भुजेल बताउँछन् ।

अशक्त विरामीहरु लागि व्हीलचियरकाे व्यवस्था गरिएकाे छ । गाउँपालिकाकाे केन्द्र भागमा स्थापना गरिएकाे उपचार केन्द्रबाट यस क्षेत्रका नागरिकहरु लाभान्वित भएका अजिरकाेट गाउँपालिका उपप्रमुख अनिता भुजेलले बताइन ।

अजिरकाेटमा गाउँलेहरुकाे स्वास्थ्यकाे बारेमा चासाे लिएर काम गर्ने नागरिक अजिरकाेट गाउँपालिका वडा नम्बर ४ गाेगनपानीका धन बहादुर गुरुङ हुन् । मुटु फाउण्डेशनका अध्यक्ष समेत रहेका गुरुङले विगत दुइ दशक देखि यस क्षेत्रका नागरिकलाइ सेवा पुर्याइरहेका छन् । पर्यटन क्षेत्रमा कार्यरत गुरुङले विकट क्षेत्रका नागरिकहरुकाे सेवामा देखाएकाे अग्रसरताले यस क्षेत्रका नागरिकहरु खुसी भएका छन् । जिल्लाकाे पर्यटन क्षेत्रकाे विकास लागि अहाेरात्र खट्ने युवा उद्दमी गुरुङ लामाे समयदेखि  पर्यटन व्यावसायमा सलग्न छन् । 

मुटु फाउण्डेशनले पालिकालाइ एम्बुलेस्न समेत प्रदान गरेकाे छ । पालिका भित्रका पाँच वटा वडामा रहेका ६ वटा बर्थिक सेन्टरका लागि आवश्यक स्वास्थ्य उपकरणहरु मनाेज एसाेसियसन फ्रान्स र मुटु फाउण्डेशनकाे आर्थिक सहयाेगमा उपलब्ध गराएकाे छ । मुटु फाउण्डेशनले भिडियाे एक्सरेका लागि एक जना तालिम प्राप्त स्टाफ नर्स उपलब्ध गराएकाे छ । पालिकाका प्राविधिक र स्टाफ नर्सले गर्भवती महिलाहरुकाे चेकजाँच भिडियाे एक्सरेबाट गर्ने गरेका गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत भेषराज आचार्यले बताए ।

भिडियाे एक्सरेका लागि जनशक्ति तयार गर्न गाउँका स्वास्थ्यकर्मीहरुका लागि तालिम प्रदान गरेकाे छ । गर्भवती महिलाहरुका लागि अत्यावश्यक भिडियाे एक्सरे लगायतका सेवा अहिले गाउँबाट प्राप्त हुन थालेकाे छ ।

उपचार अभावमा गाउँमा पिल्सिएर रहेका नागरिकहरुकाे उपचारमा सघाउ पुर्याउन पर्याे भने गाउँलेहरुले मुटु फाउण्डेशनका अध्यक्ष धन बहादुर गुरुङलाइ सम्झन्छन् । उनले सम्भव भएसम्म उपचार गरेर घर पुर्याउँछन् । मुटु फाउन्डेसनकाे कार्यक्षेत्र अजिरकाेट र गाेरखा र लमजुङका माथिल्लाे क्षेत्रमा पर्दछ । शिविर सञ्चालनका समय हुने उपचारका क्रममा नेपाल र विदेशबाट समेत आएका ख्याति प्राप्त विशेषज्ञ डाक्टरहरुकाे उपस्थिति रहने गर्दछ । 

अजिरकाेट आँखा उपचार केन्द्रमा सेवाग्राही नियमित आउने र सेवा लिएर जाने गरेका सेवा केन्द्रका नेत्र सहायक नितेश सिँहकाे भनाइ छ ।

 

याे पनि समाचार क्लिक गर्नुहाेस् ।