राेटरी क्लवद्वारा गाेरखा जिल्ला अस्पताललाइ ह्विलचियर प्रदान

सोमवार, साउन १६, २०७९
गाेरखा अस्पतालमा ह्वील चियर प्रदान गर्दै गर्दाकाे दृश्य । तस्वीर राजेन्द्र न्याैपाने ।

गाेरखा । राेटरी क्लव अफ गाेरखा राेट्रयाक क्लव अफ गाेरखाकाे सँयुक्त आयाेजनामा आज गाेरखा जिल्ला अस्पतालमा चार थान ह्वील चियर प्रदान गरिएकाे छ ।

सँस्थाका अध्यक्ष कृष्ण प्रसाद ढकाल लगायतकाे समूहले आज जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट हरी कुमार शर्मा र अस्पताल विकास सेवा समितिका अध्यक्ष लाल प्रसाद श्रेष्ठलाइ हस्तान्तरण गरेका हुन् ।

विरामीलाइ अस्पतालमा आउजाउ गर्न सहज हाेस भनेर ह्वील चियर प्रदान गरिएकाे राेटरी क्लव अफ गाेरखाका अध्यक्ष कृष्ण प्रसाद ढकालले बताए । ह्वील चियर अस्पतालमा आवश्यक भएकाे समयमा प्राप्त भएकाेले  सहयाेग गर्ने सँस्था राेटरी र राेट्रयाक अफ गाेरखालाइ अस्पताल विकास समितिका अध्यक्ष श्रेष्ठले धन्यवाद प्रदान गरे ।