बारपाक सुलिकोट गाउँपालिकाले गर्याे तेस्रो चौमासिक तथा वार्षिक प्रगति समिक्षा कार्यक्रम

सोमवार, साउन १६, २०७९
बारपाक सुलिकोट गाउँपालिकाले गर्याे तेस्रो चौमासिक तथा वार्षिक प्रगती समिक्षा कार्यक्रम सम्पन्न गरेकाे छ । आर्थिक वर्ष ०७८/०७९ काे समिक्षा आइतबार र साेमबार गरेकाे हाे ।
  कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सनमाया गुरुङले कार्यक्रममा स्वागत गरेकी थिइन । वडा सचिवहरु, शाखा प्रमुखहरुले तेस्रो चौमासिक तथा बार्षिक प्रगति समिक्षा कार्यक्रम प्रस्तुत गरेका थिए ।
प्रमुख प्रशासकीय अधिकृत तुलसीराम आचार्यले कर्मचारीलाई आफ्नाे कार्य सम्पादन समयमै उचित ढँगले सम्पादन गर्न निर्देशन दिए ।
गाउँपालिका अध्यक्ष विष्णु प्रसाद भट्टकाे अध्यक्षतामा भएकाेक कार्यक्रममा भट्टले बारपाक सुलिकाेट गाउँपालिकालाइ विकास निर्माणमा अग्र स्थानमा राख्दै नागरिकहरुकाे सेवामा डटेर खट्नुपर्ने बताए ।