पूर्वमा टिष्टा र पश्चिममा काँगडासम्म सीमा पुर्याउने राष्ट्रिय विभूति अमरसिँह थापा सालिक अनावरण

मङ्लबार, साउन १७, २०७९
अमरसिँह थापा

गाेरखा ।  पूर्वमा टिष्टा र पश्चिममा काँगडासम्म सीमा पुर्याउने राष्ट्रिय विभूति अमरसिँह थापाको सालिक  जिल्लाकाे सिरानचाेक गाउँपालिकामा  अनावरण गरिएको छ ।

२०६ औँ जन्मजयन्तीको अवसर पारेर उनको जन्मस्थान मानिएको सिरानचोक गाउँपालिका वडा नं ६ गाँखुमा  एक समारोह आयोजना गरी सालिक अनावरण गरिएको गाउँपालिका अध्यक्ष ज्ञानेन्द्र गुरुङले बताए ।

राष्ट्रिय विभूति अमरसिंह थापा र उनका पिता उमराव बाघ भीमसिंह थापाको पनि शालिक पनि अनावरण गरिएको छ । गोरखा अमरसिंह नगर पर्यटन समितिले अमरसिँह थापाको २०६ औँ जन्मजयन्ती समारोह आयोजना गरेको हाे ।

आधुनिक नेपाल निर्माणमा गाेरखाली वीर वीरङ्गनाहरुले  जीवनकाे प्रवाह नगरी लडेका थिए ।  सिरानचाेक गाउँपालिकाबाट विनियोजित बजेटबाट अमरसिंह पार्क निर्माण गरिएको हो ।

गोरखा अमरसिंह नगर पर्यटन समितिका अध्यक्ष हरि बहादुर थापाको अध्यक्षता तथा गाउँपालिका प्रमुख ज्ञानेन्द्र गुरुङको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पालिका उपप्रमुख रिता देवकोटा, वडा नं ६ का वडा अध्यक्ष प्रेम वस्ती, गोरखा अमरसिंह नगर पयटन कार्य समितिका वरिष्ठ उपाध्यक्ष खम बहादुर राना, सन्सरी माविका शिक्षक रामकाजी श्रेष्ठ, राजनीतिक दलका प्रतिनिधिहरुकाे सहभागिता रहेकाे थियाे ।