ज्ञानमार्ग माध्यामिक विद्यालय घ्याल्चोककाे प्रअमा गुरुङ नियुक्त

मङ्लबार, साउन १७, २०७९

गोरखा । गोरखाको गण्डकी गाउँपालिका ७ स्थित घ्याल्चोकमा रहेको नमुना विद्यालय ज्ञानमार्ग माध्यामिक विद्यालयको प्रध्यानाध्यापकमा दिल बहादुर गुरुङ (डि.बि) नियुक्त भएका छन् । विद्यालयको प्रध्यानाध्यापक छनौट तथा मुल्याङ्कन समितिको निर्णयले प्रध्यानाध्यापकमा गुरुङलाई नियुक्त गरेका हुन् ।

नवनियुक्त प्रध्यानाध्यापक गुरुङ २० वर्षदेखि शिक्षण पेशामा आवद्ध छन् । गुरुङले गण्डकी गाउँपालिका ६ स्थित भुम्लिचोकमा रहेको भद्रकाली माविमा ६ वर्ष, सोही गाउँपालिका वडा न १ मकैसिङ स्थित विजय भवानि माविमा २ वर्ष प्रध्यानाध्यापकको जिम्मेवारी वहन गरिसकेका छन् । गुरुङ विगत २० वर्षदेखि शिक्षण पेशामा आवद्ध छन् ।

विद्यालय तहदेखिनै तीक्ष्ण प्रतिभा भएका गुरुङले समाजशास्त्र र अंग्रेजी विषयमा स्नाकोत्तर तह  उतीर्ण गरेका छन् भने हाल एमफिल तहमा अध्ययनरत छन् । गुरुङ विद्यालय शिक्षामा दख्खल राख्ने विद्यार्थि भएकाे समाजशास्त्र विभागका प्राध्यापक चैतन्य मिश्र बताउँछन् । नमुना माध्यमिक विद्यालयकाे रुपमा विकास हुँदै गरेकाे ज्ञानमार्ग निर्माणकाे जिम्मा गुरुङले प्राप्त गरेका हुन् ।