मुग्लिन नारायणगढ सडक २३ घण्टा पछि सञ्चालनमा

मङ्लबार, साउन १७, २०७९

मुग्लिन । पहिराे गएकाे २३ घण्टापछि नारायणगढ–मुग्लिन सडक खण्ड संचालनमा आएको छ । राति १०:०० बजेकाे समयमा यस सडक खण्ड दुईतर्फी संचालनमा आएकाे हाे ।

भरतपुर महानगरपालिका–२९, मौरीखोलामा सोमबार राति ११ बजे पहिरो खसेपछि यस सडक खण्ड अवरुद्ध भएको थियो । आज पहिरो हटाउने क्रममा दिउँसो पुनः पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडक खण्ड संचालनमा ढिलाई एको थियो । दुवैतर्फबाट तीन वटा एक्साभेटर प्रयोग गरि बाटो खुलाईएको हो ।

पहिरोको कारण हजारौं सवारी साधनहरु राजमार्गमा रोकिएका छन् । अहिले पहिरो हटाईएपनि अस्तव्यस्त सवारी व्यवस्थापनले पूर्ण रुपमा जाम खुल्न अझै समय लाग्ने देखिन्छ ।