पृथ्वी राजमार्गकाे त्रिशुली करिडाेरमा थप १० वटा पक्की पुल निर्माण गरिने

शनिबार, साउन २१, २०७९
फिस्लिङ पुल

गाेरखा । पृथ्वी राजमार्गको त्रिशुली करिडोर अन्तर्गत त्रिशुली नदी वारपार गर्न हालभएको पुल बाहेक थप १० वटा मोटरेबल पुल निर्माण गरी पृथ्वी राजमार्गको भार कम गर्ने निर्णय भएकाे छ ।

अर्को बैकल्पिक मार्ग निर्माणका लागि अघि बढ्ने प्रतिबद्धता सहित राष्ट्रिय योजना आयोग, गण्डकी र बाग्मति प्रदेश तथा त्रिशुली करिडोर अन्तर्गतका स्थानीय तह बीचको बैठक सम्पन्न भएकाे शहिदलखन गाउँपालिका अध्यक्ष रमेशबाबु थापा मगरले जानकारी दिए । बैकठमा बागमती गण्डकी प्रदेशका मुख्यमन्त्री, राष्ट्रिय याेजना आयाेगका अध्यक्ष, करिडाेर क्षेत्रका साँसदहरुकाे सहभागिता रहेकाे थियाे ।