चुक्ति खाेलामा कल्बट राखेर सडक निर्माण, स्थानीय नागरिक खुशी

आइतवार, साउन २२, २०७९
पालुङ्टार, गाेरखा । अविरल वर्षातका कारण चुक्ती खाेलामा आएकाे बाढिका कारण पुल बगाएपछि यस क्षेत्रका नागरिकहरु जाेखिम माेलेर चुक्ती खाेला तर्न बाध्य थिए । नियमित विद्यालय जाने विद्यार्थिहरु झनै मर्कामा परेका थिए । कसैले खाेला तारिदिए विद्यालय जाने, अन्यथा घरमा नै बस्न बाध्य थिए । याे अवस्थालाइ नजिकबाट नियाली रहेका पालुङ्टारका मेयर विवस चिन्तनले शनिबार आफ्नाे उपस्थितिमा खाेलामा हेम पाइप राखेर बाटाे निर्माण गराएका छन् ।
चुक्ति खाेला तर्नका लागि अव सजिलाे भएकाे स्थानीय रामचन्द्र सेढाइँले बताए । उपल्लाे शेरा, सिस्नेरी हुँदै शेरा सडकमा आउन सजिलाे भएकाे वडा नम्बर ९ का  अध्यक्ष भेजराज पाण्डेकाे भनाइ छ । यस अघि बाटाे समस्याका कारण वर्षातसँग विद्यालयकाे पठनपाठन बन्द गर्नु परेकाे थियाे ।
कल्वट राखेर बाटाे निर्माण गरिएसँगै त्रिवेणी माध्यमिक विद्यालयमा पढ्न आउने बालबालिकाहरु र स्थानीय नागरिकहरुलाइ सहज भएकाे वडा अध्यक्ष पाण्डेले बताए ।