बारपाकमा नसर्ने राेग व्यवस्थापन शिविर सञ्चालन

आइतवार, साउन २२, २०७९

बारपाक सुलिकाेट, गाेरखा । बारपाक सुलिकाेट गाउँपालिकामा गाउँघर क्लिनिक मार्फत नसर्ने राेग व्यवस्थापनका लागि शिविर सञ्चालन भएकाे छ । पालिकामा भएकाे शिविरमा वडा नम्बर ५, ६,७ र ८ का नागरिकहरुले सेवा लिएका छन् ।

शिविरमा स्वास्थ्य परीक्षण गर्दै आर्युवेद चिकित्सक ।

स्वास्थ्य परीक्षणसँगै राेगकाे पहिचान गरी उनीहरुलाइ आर्युवेद औषधि वितरण गरिएकाे थियाे । शिविरमा १०० भन्दा धेरैले सेवा लिएका थिए । शिविर प्रत्येक महिना फरक फरक स्थानमा  सञ्चालन गरिने गाउँपालिका अध्यक्ष विष्णु प्रसाद भट्टले बताए ।

नागरिक आराेग्य कार्यक्रम अन्तर्गत मासिक २ स्थानमा कार्यक्रम गर्ने गरिएकाे आर्युवेद शाखा प्रमुख विरेन्द्र प्रसाद यादवले बताए । नसर्ने राेगहरु प्रेसर, मधुमेह, माेटाेपना, क्यान्सर,  बाथ लगायतका राेग कम गर्ने उदेश्यले याे कार्यक्रम सञ्चालन गरिएकाे उनले बताए । चेकजाँच पछि निशुल्क औषधि वितरण गरिएकाे उनकाे भनाइ छ ।

नागरिकलाइ स्वस्थ्य बनाउने कार्यक्रमकाे उदेश्य हाे । नसर्ने राेगबाट हुने मृत्युदरलाइ कम गर्नका लागि पालिका जिम्मेवार भएर लागि परेकाे यादवले बताए । विभिन्न राेगकाे अवस्थालाइ न्युनिकरण गर्न गाउँघरमा पाइने स्थानीय जडिबुटीकाे प्रयाेगबारेमा समेत शिविरमा जानकारी दिने गरिएकाे उनकाे भनाइ छ ।