निर्वाचनपछि मुख्यमन्त्रीमा गाेरखाका नेता पाण्डेकाे दावी रहने

बुधबार, साउन २५, २०७९

गाेरखा । सरकारले चुनाव घाेषणा गरेसँगै जिल्लामा चुनावी सरगर्मी बढेकाे छ । जिल्लामा रहेका दुइ वटा सँघीय निर्वाचन क्षेत्र र ४ वटा प्रदेशसभा निर्वाचन क्षेत्रमा काे उम्मेदवार हुन्छ भन्नेमा अन्याैलका वीच छलफल चलिरहेकाे छ । जँङ्गे खसी धार्नी पुग्छ भनेझै जिल्लाकाे मतभारकाे ८० प्रतिशत मत ओगटेका माओवादी र काँग्रेस नै चुनावी गठबन्धनमा मिलेर जाने भएपछि पार्टी भित्र टिकट प्राप्त गर्न रस्साकस्सी चलेकाे छ ।

टिकट पाउनका लागि शिर्ष नेता भेटघाटकाे क्रम बाक्लिएकाे छ । डाक्टर बाबुराम भट्टराइले आफ्ना लागि टिकट सुरक्षित गर्न हम्मे परेकाे छ । यस अघि काँग्रेससँगकाे सहकार्यमा विजय हासिल गरेका भट्टराइले चुनावमा जितेकाे पाँच महिना पछि काँग्रेसलाइ म्युजियममा राख्नुपर्ने भाषण गर्दा काँग्रेस कार्यकर्ताहरुले भाेट दिएकाे पछुताे मानेका छन् । बाबुरामलाइ गठबन्धनमा राखे तराइका निर्वाचन क्षेत्रमा उपेन्द्र यादवकाे पार्टीले असहयाेग गर्ने बताउँदै आएका छन् । उपेन्द्रबाट फुटेर आएका भट्टराइकाे व्यवस्थापन चुनाैती यतिबेला जटिल अवस्थामा देखिएकाे छ । जिल्लामा भट्टराइलाइ सिट सुरक्षित गरेर अन्य पार्टीलाइ मिलाउन सकिने काँग्रेस नेताहरुकाे भनाइ छ । बाबुरामकाे व्यवस्थापनकाे चिन्ता प्रधानमन्त्री एवँ काँग्रेस पार्टी अध्यक्ष शेर बहादुर देउवालाइ धेरै परेकाे छ ।

२०६४ पछिकाे निर्वाचनमा लगातार माओवादीले विजय हासिल गर्दा रुखमा  चिन्हमा चुनाव लडेका साँसद देख्न नपाएकाे काँग्रेस कार्यकर्ताहरुकाे गुनासाे एकातिर छ । प्रजातन्त्रकाे स्थापना पछि लामाे समय शासन गरेकाे काँग्रेसले आवश्यकता अनुसार जिल्लाकाे विकास गर्न मेसाे नपाएकाले गाेरखालीले माओवादीलाइ रुचाएकाे कतिपयकाे भनाइ छ ।

माओवादी नेताहरुकाे उपस्थितिसँगै जिल्लामा विकासकाे रुपरेखा प्रष्ट देख्न थालिएकाे उनीहरुकाे भनाइ छ । गण्डकी, दराैँदी र मर्स्याङ्दी करिडाेरमा सडक विस्तार भएर नयाँ शहर विकास हुने क्रममा रहेकाे र मनास्लु हिमालकाे फेदीसम्म माेटरबाटाे अघि बढीरहेकाे छ ।

उत्तरी नाका साम्दाे बढीमा दुइ वर्ष भित्र सडक पुग्दैछ । चुमनुब्री गाउँपालिकाकाे केन्द्र सम्म सवारी पुग्न याेग्य बाटाे बनिरहेकाे छ । दिर्घकालिन लगानीका क्षेत्रहरु पत्ता लगाएर विकास अघि बढेकाले जिल्लाका सबै जनसँख्यालाइ राहत पुगेकाे नागरिकहरु बताउँछन् ।  माओवादी नेताहरु आफ्नाे सुविधा र सुखसयल भन्दा पनि जनताकाे समस्यामा अग्रपँक्तिमा खटिनेका गरेका कारण सरल नेतृत्वकाे राेजाइमा गाेरखावासीहरु देखिन्छन् ।

यस अघि पटक पटक निर्वाचनमा उम्मेदवार रहँदा विजयी हुन नसकेका एमाले नेताहरु माओवादीकाे सहयाेगमा विजयी भइ मन्त्री समेत भएका छन् । यस पटक एमालेले लिएकाे प्रदेशसभा निर्वाचन क्षेत्र काँग्रेसलाइ दिने र सँघकाे निर्वाचन क्षेत्र नम्बर १ र एउटा प्रदेश निर्वाचन क्षेत्रमा माओवादीलाइ दिने तयारी शिर्ष नेताहरुले गरेका छन् ।

निर्वाचन क्षेत्र नम्बर २ मा बाबुराम भट्टराइलाइ दिने दुइवटा प्रदेश निर्वाचन क्षेत्रमा एउटा काँग्रेस र एउटा माओवादीलाइ दिने तयारी छ । प्रदेशसभा निर्वाचनमा काँग्रेस नेता सुरेन्द्र पाण्डेकाे तयारी तिब्र रुपमा अघि बढेकाे छ । पाण्डे मुख्यमन्त्रीकाे दाैडमा रहेकाले प्रदेशसभा निर्वाचनमा विजयी हुन अनिवार्य छ । पाण्डे उठ्ने भएपछि अरुले यस क्षेत्रमा टिकटकाे लागि दावी रहने छैन । प्रदेशमा काँग्रेसले धेरै सिटमा विजयी हासिल गर्ने भएपछि पाण्डेकाे गण्डकी प्रदेशमा मुख्यमन्त्री बन्ने बाटाे खुला रहने भएकाे छ । मुख्यमन्त्रीकाे दावीका लागि केन्द्रिय स्तरकाे नेता हुँदा दावी गर्न सजिलाे हुने र पाण्डे मुख्यमन्त्री हुँदा गाेरखाले मुख्यमन्त्री पाउनेछ । पाण्डे यस अघि राष्ट्रिय सभा साँसद र काँग्रेसबाट दलका नेता समेत हुन् । उनी मुख्यमन्त्री हुँदा जिल्लाकाे विकासमा थप सहज हुने अपेक्षा नागरिकहरुले गरेका छन् ।