पहिराेका कारण ४०० राेपनी क्षेत्रफलमा लगाइएकाे धानबालीमा सुख्खा

बिहिबार, साउन २६, २०७९

गाेरखा २६, गण्डकी गाउँपालिका । जिल्लाकाे गण्डकी गाउँपालिका वडा नम्बर १ स्थित जुग्दी खाेलामाकाे कुलाेमा पहिराे जाँदा बुटार क्षेत्रकाे ४०० राेपनी क्षेत्रफलमा लगाइएकाे धानवालीमा सुख्खा लागेकाे छ । यस अघि कुलाे बनाउन र ठूलाे आकारका पाइप माग गरी जिल्लामा निवेदन दिएपनि सुनुवाइ नभएकाे वडा अध्यक्ष टाेपमान गुरुङले बताए  ।

पहिराे जानु अघि भएकाे पाइप । हाल याे पाइप बगाएर त्रिशुलीले लगेकाे छ ।

करिव १०० मिटर लम्वाइकाे भागमा ठूलाे पहिराे गएकाे र बनाउनै नसक्ने अवस्था रहेकाे पाइपकाे प्रयाेग गर्नुकाे विकल्प नभएकाे उनले बताए ।

यस अघि किसानहरुले कुलाे बनाएर पानी चलाएका थिए । पहिराेका कारण किसानहरुलाइ सुख्खा माटाेमा खेत राेपेका छन् ।

पालिकामा आवश्यक पर्ने विपदका यस्ता सामग्री नभएकाे र चालु आर्थिक वर्षमा आर्थिक अख्तियारी प्राप्त नभैसकेका कारण किसानहरुकाे माग सम्बाेधन गर्न समस्या भएकाे गाउँपालिकाले जनाएकाे छ।