गाेरखा । आफ्ना नगरवासी नागरिकहरुलाइ स्वस्थ राख्न ‘ स्वच्छ नगरपालिका स्वस्थ्य नगरवासी ‘ नारा सहित गाेरखा नगरपालिकाले वृक्षाराेपणकाे थालनी गरेकाे छ । साेमबार खाेलखाेले देखि बजार क्षेत्रकाे भागमा १०० भन्दा धेरै वृक्षाराेपण भएकाे वातावरण अधिकृत ध्रुव घिमिरेले जानकारी दिए ।
वृक्षाराेपण कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत ज्ञाननाथ ढकाल आफू सहित कर्मचारी लिएर खटिएका छन् । यस अघि नगरकाे वडा नम्बर १२ मा वृक्षाराेपण भएकाे नगरपालिकाले जानकारी दिएकाे छ । सडक किनारामा अशाेका राेपिएकाे हाे । वृक्षाराेपण कार्यक्रममा नगरपालिका कर्मचारी, जनप्रतिनिधिहरु सँलग्न छन् ।