Breaking News

बाबुराम भट्टराइ एमालेसँग चुनावी तालमेल गर्ने पक्षमा

By मनासलु

August 06, 2022

काठमाण्डाै । जनता समाजवादी पार्टी नेपालबाट अलग भएर नेपाल समाजवादी पार्टी नेपाल गठन गरेका डा. बाबुराम भट्टराई सत्ता गठबन्धनमा सहभागी हुन असफल भएका भएसँगै उनले चुनावमा एमालेसँग तालमेल गर्न एमाले अध्यक्ष केपी ओलीसँग छलफल अघि बढाएका छन् ।

नेता भट्टराईले एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग गठबन्धन लगायतका विषयमा पटक पटक छलफल गरिसकेका छन् । यस अघि गठबन्धनमा भएका छलफलका बारेमा केपी ओलीलाइ व्रिफिङ गर्दै आएकाे आराेपमा जनता समाजवादी पार्टीले उनलाइ पार्टीबाट निस्कासन गरेकाे थियाे ।