साँकेतिक तस्वीर

अपराध/ दुर्घटना

बसकाे ठक्करबाट बालककाे मृत्यु

By मनासलु

August 08, 2022

देबघाट गाउँपालिका वडा नं. ५ क्युदी स्थित देबपुर– दासढुङगा सडक खण्डमा बसको ठक्करबाट एक जना बालकको मृत्यू भएको छ । ठक्करबाट देवघाट–५ पिपलटार बस्ने ११ बर्षिय रिभेज तामाङको मृत्यू भएको हो ।ग १ क ३०३४ नं को बसले ठक्कर दिदा गम्भिर घाइते तमाङको उपचारको क्रममा चितवन मेडिकल कलेज भरतपुरमा मृत्यू भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । बस चालक देवघाट गाउँपालिका वडा नं.५ बस्ने ४४ बिर्षय खम बहादुर मगरलाई पक्राउ गरी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।