समाचार

प्रभु बैंक लिमिटेडले मित्रपार्कमा आफ्नो २१७ औं शाखा खाेल्याे

By मनासलु

August 08, 2022

२३ साउन २०७९, काठमाडौं।

प्रभु बैंक लिमिटेडले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा काठमाँडौ महानगरपालिका मित्रपार्कमा आफ्नो २१७ औं शाखा खोली सञ्चालनमा ल्याएको छ ।

बैंकको मित्रपार्क शाखा कार्यालयको समुद्घाटन प्रभु बैंकका अध्यक्ष लिला प्रकाश सिटौलाले गरे।

बैंकको मित्रपार्र्क शाखा कार्यालयको समुद्घाटन गर्दै अध्यक्ष लिला प्रकाश सिटौला प्रभु बैंकले आफ्नो बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै विभिन्न ठाउँहरुमा आफ्नो शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ्ग सेवा विस्तार गरेको प्रकाश पार्नुभयो ।

प्रभु बैंकको यो अभियानले देशभरिनै बैंकिङ्ग पहुँचमा वृद्धि भएको मात्र नभई समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुगेको बताउदै शाखालाई सफलताको शुभकामना व्यतm गर्नु भयो ।

बैंकको मित्रपार्र्क शाखा कार्यालय समुद्घाटन कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीय व्यापारी, बुद्धिजिवी लगायत सर्वसाधारणको उपस्थिति रहेको थियो।

बैंकको मित्रपार्र्क शाखा मार्फत स्थानीय बासिन्दा, सर्वसाधारणहरु, व्यवसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरुले गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र यस क्षेत्रको समग्र आर्थिक उन्नतीमो महत्वपूणर् भूमिका निर्वाह गर्नेछ भन्ने बैंकले विश्वास लिएको छ ।