साँकेतिक तस्वीर

Breaking News

ट्याक्टरबाट खसेर एक जनाकाे मृत्यु

By मनासलु

August 15, 2022

साउन २९, गाेरखा । गोरखामा आफै चढेको ट्याक्टरबाट खसेर आज साँझ एक महिलाको मृत्यु भएको छ । पालुङटार नगरपालिकामा वडा नम्बर ४ मा पर्ने बाह्रप्रिके भन्ने स्थानमा ग १ त ४७०० नम्बरको ट्याक्टरबाट खसेर स्थानीयबासी ४० बर्षकी अन्जु सुनारको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाका प्रमुख बेदनाथ भण्डारी जानकारी दिए ।

अपरान्ह्र करिब ४: ३० बजे बाह्रकिलो बजारबाट छेपेटार तर्फ गइरहेको ट्याक्टरबाट एक्कासी खसेर गम्भीर घाइते हुनुभएकी सुनारको उपचारको क्रममा चितवनमा मृत्यु भएको उहाँले बताउनुभयो । ट्याक्टरबाट खसे लगत्तै सुनारलाई सोही ट्याक्टरको पछाडीको पाङग्राले किचेको ट्राफिक प्रमुख भण्डारीको भनाई छ ।

घटना लगत्तै घाइतेलाई उद्धार गरी स्थानीय मेडिकलमा प्राथामिक उपचारका लागि चितवन मेडिकल कलेजमा पु¥याइएको भएपनि सुनारको उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर र चालकलाई अहिले नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।