Breaking News

छेपेटारमा ‘दशै रमाइलो मेला २०७९’ सञ्चालन हुने

By मनासलु

August 15, 2022

गोरखा । गोरखा सदरमुकामको छेवेटार बजारमा ‘दशै रमाइलो मेला २०७९’ हुने भएको छ । मेलाको आयोजना गोरखा तामाङ समाजले गरेको हो ।

समाजले आज पत्रकार सम्मेलन गर्दै तामाङ र अन्य जातीको संस्कृतीको प्रर्दशन हुने गरी मेलाको आयोजना गरिएको समाजका अध्यक्ष बुद्वदोङ तामाङले जानकारी दिए ।

समाजले पहिलो पटक आयोजना गरेको मेला छेवेटार बजारको बरबरेचौरमा हुने र १४ दिनसम्म चल्ने जानकारी पत्रकार सम्मेलनमा गराईएको थियो ।

असोज ३ गतेदेखी १६ गतेसम्म चल्ने मेलामा विभिन्न जातजातिको झाकीका साथै खाना तथा स्थानिय उत्पादनको स्टल समेत हुने आयोजक गोरखा तामाङ समाजले जनाएको छ ।

मेलामा १०० भन्दाबढी स्टल रहने पनि आयोजकले जानकारी गराएको छ । मेला अवधीभर १५ हजार दर्शकहरुले अवलोकन गर्ने मेलामा ४५ लाख खर्च हुने अनुमान गरिएको छ ।