समाचार

गाेरखामा स्थापना भएकाे ब्लडबै‌क सञ्चालनमा रहेकाे घाेषणा

By मनासलु

August 18, 2022

भदाै, २ गाेरखा । ग्याप नामक संस्थाको सहयोगमा नेपाल रेडक्रस साेसाइटी मार्फत तिन वर्ष अघि निर्माण भएकाे रक्तसञ्चार केन्द्र सञ्चालनमा ल्याउने घाेषणा भएकाे छ । बुधबार एक कार्यक्रमका वीच सामाजिक विकास कार्यालय परिसरमा स्थापना भएकाे ब्लड बै‌‌ककाे जिल्ला समन्वय समितिका प्रमुख माेहन बहादुर थापा मगरले उद्घाटन गरेका छन् । उपकरणले सुविधा सम्पन्न रहेकाे ब्लड बै‌कबाट कर्मचारीकाे अभाव नभएमा उपचारकाे क्रममा आवश्यक पर्ने सेताे रगत, प्लाज्मा, राताे रगत  र विरामीकाे आवश्यकता अनुसारकाे रगत कन्टेन्ट प्राप्त गर्न सकिनेछ । रगतकाे प्रकारकाे प्रयाेगकाे लागि अस्पतालले समेत सेवामा विस्तार गर्नुपर्दछ ।

गोरखा लगायतका आसपासका जिल्लामा समेत रगत अभावका हुन नदिन नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा गोरखा दुरगामी लक्ष्य राखी  जिल्लामा व्लड बैकं स्थापना गरेको थियाे।

‘बेल्जियम रेडक्रस सोसाइटी अन्तरगतको ग्याप नामक संस्थाको सहयोगमा करिव साढे ३  करोड पचास लाख रुपैया बराबरको प्राविधिक सहयोगमा मेसिन जडानको काम भएको ।

सदरमुकाममा रहेको पुरानो शिक्षा कार्यालयको भवनमा बैंक सञ्चालनमा ल्याएको हो ।