Breaking News

दोस्रो आँबुखैरेनी महोत्सव सुरु

By मनासलु

August 18, 2022

आँबुखैरेनी । तनहुँको आँबुखैरेनी गाउँपालिकामा आजदेखि दोस्रो आँबुखैरेनी महोत्सव सुरु भएको छ । मिलन युवा क्लव र आँबुखैरेनी कलाकेन्द्रको आयोजनामा आगामी भदौ १५ गतेसम्म संचालन हुने महोत्सवको आजदेखि सुरु भएको हो।

महोत्सवको उद्घाटन गण्डकी प्रदेशका सांसद एवं पूर्व आन्तरिक मामिला तथा कानुन मन्त्री हरि बहादुर चुमानले गरेका छन् । स्थानीय तथा राष्ट्रिय कलाकारहरुको बेजोड सांगेतिक प्रस्तुती रहने महोत्सवमा रमाईलो मेला, कृषि प्रदर्शनी लगायतको आकर्षण रहनेछ ।