Breaking News

माओवादीकाे वरिष्ठ उपाध्यक्षमा श्रेष्ठ र महासचिवमा गुरुङ सर्वसम्मत

By मनासलु

August 20, 2022

नेकपा माओवादी केन्द्रको महासचिवमा देव गुरुङ सर्वसम्मत भएका छन् । महासचिवमा प्रमुख दाबेदारी प्रस्तुत गर्दै आएका नेताहरु वर्षमान पुन र जनार्दन शर्मालाई पछि पार्दै गुरुङ महासचिवमा चयन हुने भएका हुन् ।

दुई नेतालाई उपमहासचिवमा बस्न राजी गराएर प्रचण्डले नयाँ विकल्पको रुपमा गुरुङलाई महासचिव बनाउने गरी बैठकमा प्रस्ताव लगेका छन् ।

स्थायी कमिटी बैठकमा प्रचण्डले २१ जना पदाधिकारी रहने प्रस्ताव पेश गरेको एक नेताले जानकारी दिए । प्रचण्डको अध्यक्षतामा वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ चयन हुने भएका छन् । उपाध्यक्षमा कृष्णबहादुर महरा प्रस्तावित हुँदा उपमहासचिवमा पुन र शर्मासँगै पम्फा भुसाल, गिरिराजमणि पोखरेल, शक्ति बस्नेत, मात्रिका यादव र हरिबोल गजुरेलको नाम प्रस्ताव भएको छ।

सचिवमा दिनानाथ शर्मा, चक्रपाणि खनाल, देवेन्द्र पौडेल, लीलामणि पोखरेल, गणेश शाह, हितमान शाक्य, हितराज पाण्डे, डिलाराम आचार्य र राम कार्की प्रस्ताव भएका छन् भने कोषाध्यक्ष श्रीराम ढकालको नाम प्रस्ताव छ ।