Breaking News

सुकुम्वासीहरुकाे लागत सङ्कलन सुरु

By मनासलु

August 23, 2022

गोरखा । राष्ट्रिय भूमि आयोग गोरखाले जिल्ला भित्रका सवै पालिकमा भुमिहिन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोवासीका लागि जग्गा उपलब्ध गराउन तिव्र गतिमा काम भइरहेको जनाएको छ । गोरखा सदरमुकाममा आज पत्रकार सम्मेलनको आयोजना गरी आयोगका जिल्ला अध्यक्ष कमला नहर्कीले जिल्लाको दुई पालिका बारपाक सुलिकोट र शहीद लखन गाउँपालिकामा कम्युटर डाटा इन्ट्रीको काम सुरु भइसकेको र बाँकी पालिकाहरुमा यही भदौं १ गतेदेखि लगत संकलनको काम सुरु गरेको जानकारी दिए।

‘आयोगले गोरखा जिल्ला भित्रका २ पालिकासंग अघिल्लो आयोगले सहमति पत्रमा हस्ताक्षर गरेको थियो,उनले भनिन ‘हामी आएपछि बाँकी रहेका ७ पालिकासंग सहमति पत्रमा हस्ताक्षर गरेर काम अघि बढाई सकिएको छ, आयोगले छिटो भन्दा पनि व्यवस्थित ढंगले लालपुर्जा बतरण गर्ने गरी काम गरिरहेको छ । उहाँ पछिल्लो पटक जिल्लाका ५ वटा स्थानीय पालिकामा सहजीकरण समिति निर्माण तथा अभिमुखिकरण कार्यक्रम सञ्चालन सम्पन्न गरी सकेको बताइन ।

‘अजिरकोट, आरुघाट, शहीद लखन गाउँपालिका तथा गोरखा र पालुङटार नगरपालिकामा अभिमुखीकरण कार्यक्रम भइसकेका छन्, अध्यक्ष नहर्कीले भन्नुभयो, ति पालिकाहरुमा सहजीकरण समिति समेत गठन गरेर काम भइरहेको छ ।’ ति स्थानीय तहहरुले सेवा केन्द्रको स्थापना गरेर फोकल पर्सन समेत तोकेर काम अघि बढाएको आयोगले जनाएको छ । बाँकी रहेका पालिकाहरुमा पनि छिट्टै अभिमुखीकरण तालिम सञ्चालन गरी सहजीकरण समिति गठन गर्ने अध्यक्ष नहर्कीले जानकारी दिइन ।

पहिलो पटक सूचना प्रकाशन गरी लगत संकलनको काम सुरु गरेका पालिकामा अधुरा काम बाँकी रहेमा आयोगले पुनः अर्को पटक ३५ दिने सूचना प्रकाशन गरी बाँकी रहेका कामको लगत संकलन गर्ने उनले बताइन ।  आयोगले जिल्लामा यस अघिको आयोगले गरेका कामलाई निरन्तरता दिएको अध्यक्ष नहर्कीले जानकारी दिनुभयो । पत्रकार सम्मेलनमा भूमि आयोग गोरखा बिज्ञ सदस्य लुमनाथ लामिछाने, आयोगका सदस्य बिपिनचन्द्र ढकाल, जिल्ला समन्वय समिति गोरखाका प्रमुख मोहनबहादुर थापा लगायतको सहभागिता रहेको थियो ।