Breaking News

स्कुटर बाेलेराे दुर्घटना हुँदा स्कुटर चालक घाइते

By मनासलु

August 25, 2022

गोरखा,९ भदौं । गोरखा आँबुखैरेनी सडक खण्डमा बोलेरो र स्कुटी ठोक्किएर दुर्घटना भएको छ । आज करिब ५ः १५ बजेको समयमा भएको दुर्घटनामा परी स्कुटरमा सवार व्यक्ति गम्भीर घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

बा ६३ प २८५६ नम्बरको स्कुटर र बा ३ ८२८० नम्बरको बोलेरो जीप एक आपसमा ठोक्किएर दुर्घटना भएको प्रहरीको भनाई छ । घाइते गाेरखा नगरपालिका १३ बस्ने वर्ष ३७ का अमृत परियार रहेकाे प्रहरीले जनाएकाे छ ।   घाइतेकाे आँवुखैरेनी स्थित हाडजाेर्नी अस्पतालमा उपचार भैरहेकाे प्रहरीले जनाएकाे छ ।

तस्विर : रेखा तामाङ लोप्चन