समाज

बारपाक सुलिकोटमा बिपद् जोखिम व्यवस्थापन सम्बन्धि तालिम सम्पन्न

By मनासलु

August 25, 2022

बारपाक सुलिकोट गाउँपालिका गोरखामा बिपद् जोखिम व्यवस्थापन सम्बन्धी दुई दिने तालिम सम्पन्न भएको छ । गाउँपालिका कार्यलय ताकुकोटमा सम्पन्न कार्यक्रममा सहभागीहरुलाई बिपद्बारे सचेतना, बिपद्को व्यवस्थापनको उपायहरुबारे तालिम दिईएको थियो । प्राकृतिक प्रकोप न्यूनिकरण गर्न र भैपरि आउने बिपद्लाई व्यवस्थापन गर्न सके मानबिय क्षेति कम हुनेमा सहभागीहरुले जोड दिएका थिए । कार्यक्रमबारे बोल्दै पालिका अध्यक्ष बिष्णु भट्टले पहाडी क्षेत्रमा फैलिएको गाउँपालिकाको संरचना रहेकाले बिपद् कतिबेला आउँछ भनेर कल्पना गर्न नसकिने बताउनु भयो । उहाँले जोखिमबाट बच्न र विपद् जोखिमलाई व्यवस्थापन गर्न यस्ता तालिम फललदायी हुने बताउनुभयो । यहाँ सिकेका कुराहरु बास्तविक जिवनमा उतार्न समेत उहाँले सहभागीहरुलाई आग्रह गर्नुभयो ।