गाेरखा । इनारमा डुबेर युवककाे मृत्यु भएकाे छ । पालुङटार नगरपालिका—७ च्याङ्लीका २९ वर्षका प्रेमबहादुर कुमालको घर नजिकैको इनारमा डुबेर मृत्यु भएको हो ।
बुधवार साँझदेखि घरपरिवारको सम्पर्कमा नरहेका उहाँलाई आज बिहान इनारमा डुबेको अवस्थामा मृत फेला पारिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी लीलाराज लामिछानेले जानकारी दिए ।
घटनाको जानकारी पाए लगत्तै इलाका प्रहरी कार्यालय ठाँटीपोखरीको टोलीले घटनास्थल पुगेर घटनाको मुुचुल्क तयार गरी शव पोष्टमार्टमका लागि गोरखा अस्पताल पठाएको उनले बताए । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।