अपराध/ दुर्घटना

गाेरखाकी युवती प्रतिबन्धित ‍औषधी सहित पक्राउ

By मनासलु

August 31, 2022

गोरखा । अबैध लागू औषध सहित गोरखाकी एक युवती पक्राउ परेकी छिन् । जिल्लाको बारपाक सुलिकोट गाउँपालिका गाउँपालिका घर भएकी २९ बर्षकी सुस्मा थापालाई प्रहरीले पक्राउ गरेको हो ।

काठमाण्डौ महानगरपालिका स्थित सामखुशी एरियामा फार्मेसी सञ्चालन गरी नेपालमा नियन्त्रित तथा प्रतिबन्धित गरिएका औषधी कारोवार भइरहेको सूचनाका आधारमा निगरानी राखी खोजतलास गर्दा अबैध लागू औषध सहित थापालाई पक्राउ गरिएको काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

थापा निरुपा फार्मेसीको सञ्चालक भएको प्रहरीको भनाई छ । पक्राउ परेकी थापालाई थप अनसुन्धानका लागि औषधी व्यवस्था बिभाग बिजुली बजारकामा पठाइएको प्रहरीले जनाएको छ ।