Breaking News

गाेरखा नगरपालिका ,भीमसेन थापा र बारपाक सुलिकाेटद्वारा राष्ट्रिय वाणिज्य बै‌‌‌ङ्क वीच सहुलियतपूर्ण कर्जाका लागि समझदारी पत्रमा हस्ताक्षर

By मनासलु

August 31, 2022

गाेरखा । जिल्ला स्थित गाेरखा नगरपालिका, बारपाक सुलिकाेट गाउँपालिका र भीमसेना थापा गाउँपालिकाले  कृषि क्षेत्रको व्यावसायिकता मार्फत आत्मनिर्भर पालिका निर्माणका लागि राष्ट्रिय वाणिज्य बैंक लिमिटेडसँग सहुलियतपूर्ण कर्जा सम्बन्धी सहकार्य गर्नको लागि गरिएको समझदारीपत्रमा ( Memorandum of Understanding )  हस्ताक्षर गरेका छन् ।

नेपालको कुल ग्राहस्थ उत्पादनमा २७ प्रतिशत योगदान रहेको कृषि क्षेत्रमा करिब ६५ प्रतिशत जनता आश्रीत छन् । कृषि क्षेत्रको विकासमा गतिशीलता ल्याउन उत्पादन र उत्पादकत्व वृद्धि गराउनुका साथै आयात प्रतिस्थापन निर्यात वृद्धि मुल्य श्रृंखला विकास , कृषिको व्यवसायीकरण , यान्त्रिकीकरण र आधुनिकीकरणको कार्य गर्न आवश्यक भएकाे उनीहरुकाे समझदारी पत्रमा उल्लेख छ ।

यस क्षेत्रको समग्र विकासले मात्र कृषकहरुको वहुआयामिक विकास हुनुको साथै राष्ट्रिय अर्थतन्त्रमा समेत उल्लेखनीय टेवा पुग्दछ । नेपालको अर्थतन्त्रको मैरुदण्ड ग्रामीण कृषि क्षेत्रलाई मानिन्छ ।

ग्रामीण अर्थतन्त्रको विकास विना नेपालको गरीबी , पछौटेपन तथा बेरोजगारीको अन्त्य तथा समग्र विकासको कल्पना गर्न सकिदैन यसै परिप्रेक्ष्यमा कोभिड १ ९ को महामारीबाट उत्पन्न बेरोजगारी समस्या समाधान गर्न अलगथलग रुपमा रहेका जनतालाई सामुहिक जनपरिचालन गर्ने नीति अर्न्तगत मुख्य गरि उत्पादन कार्यमा लाग्न गोरखा जिल्लाको ” कृषक सहकार्य समूह मार्फत जनतालाई यस क्षेत्रमा संभावना भएका कृषि तथा वनजन्य व्यवसाय , प्रांगारिक तथा उच्च मूल्यका कृषि उत्पादन , सोको व्यवसायिकरण , उत्पादकत्वमा वृद्धि , प्रशोधन , बजारीकरण , मुल्य श्रृंखला अभ्यास , खाद्य तथा पोषण सुरक्षा तथा गरिवी न्युनीकरण गरी पूर्ण रोजगारी र समृद्धिको दिशातर्फ अघि बढ्ने एक अभियानका रुपमा पालिका तयार भएको छ ।

याे समझदारीले गाउँमा केही गर्छु भनेर रहेका उद्ममीहरुका लागि निक्कै सहज हुने भीमसेन थापा गाउँपालिका अध्यक्ष लाेक प्रसाद बञ्जराले बताए । भीमसेन थापा गाउँपालिकालाइ आत्मनिर्भर बनाउन यहाँका नागरिकहरुलाइ राेजगारमुलक व्यावसायमा सँलग्न गराउन आवश्यक रहेकाे उनकाे भनाइ छ ।

 

पाँच कराेड रुपैयाँ सम्म कर्जा उपलब्ध गराउने बै‌कले जनाएकाे छ । गाेरखा नगरपालिका, बारपाक सुलिकाेट गाउँपालिका र भीमसेन थापा गाउँपालिकाले आज सँयुक्त कार्यक्रम गरि समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् । यसले पालिका र गाेरखाकाे स्वराेजगारमा वृद्धि हुनुका साथै जिल्लाकाे अर्थतन्त्रलाइ समेत चलायमान बनाउन सहयाेग गर्दछ ।