नेपाल जेसिजको क्षेत्र ख सम्मेलन उद्घाटनका लागि आज प्रचण्ड गाेरखा आउने

शुक्रबार, भदौ ३, २०७९

भदाै ३ गाेरखा ।  आजदेखि सुरु हुन लागेकाे नेपाल जेसिजको क्षेत्र ख सम्मेलनकाे उद्घाटनका लागि पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड गाेरखा आउने भएका छन् । प्रचण्ड दिउसाे दुइबजेपछि काठमाण्डाैबाट हेलिकप्टरमा गाेरखा आउने र कार्यक्रम सकेर काठमाण्डाै फर्कने कार्यक्रम रहेकाे छ ।

प्रचण्ड आज नेकपा माओवादीकाे स्थायी समिति बैठक र याेङ कम्युनिष्ट लिगकाे कार्यक्रम सकेर गाेरखा आउने भएका हुन् ।

नेपाल जेसिज क्षेत्र ख का करिब ६ सय प्रतिनिधी सहभागी हुनेछन । जेसिस सम्मेलन आज र भाेलि चल्ने आयाेजकले जनाएकाे छ ।