बारपाक सुलिकोटमा कृषक भेला सम्पन्न

मङ्लबार, भदौ ७, २०७९

बारपाक सुलिकोट गाउँपालिका गोरखामा कृषि सेवा शाखा कृषि शसक्तिकरण कार्यक्रम अन्र्तगत गाउँपालिका स्तरिय कृषक समुह, कृषि सहकारी र व्यवसायीक कृषक भेला सम्पन्न भएको छ । कृषकहरुको अवस्थाबारे जानकारी लिने, कसरी कृषि उत्पादन बृद्धि गर्ने र कृषिका बिविध बिषयमा छलफल भएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत तुलसीराम आचार्यले जानकारी दिनुभयो । आचार्यका अनुसार पालिका अध्यक्ष, उपाध्यक्ष, कृषि शाखाका कर्मचारी, उद्यमशील कृषक, कृषि सहकारी संचालकहरु, कृषक समुहहरुबीच बर्तमान कृषिको अवस्था र भावी रणनीतिको बारेमा समेत छलफल भएको थियो । कार्यक्रममा कृषकहरुले कृषिमा सफलता पाउनको लागी आवश्यक अनुसारका बिउ बिजन, सिंचाई र आवश्यकता अनुसारका नयाँ प्रबिधिमा जोड दिनुपर्ने बताएका थिए । कृषकहरुलाई कृषिमा शसक्तिकरण बनाउँदै उर्जाशिल कृषिक बनाउनको लागी पालिकाले सहयोग गर्ने पालिका अध्यक्ष बिष्णु भट्टले बताउनुभयो । उहाँले कृषीमा बारपाक सुलिकोटलाई आत्मनिर्भर बनाउनको लागी हरेक घर टोल टोलबाट लाग्न खाँचो रहेको औल्याउनुभयो । कार्यक्रमबाट टंक सारु मगरको संयोजकत्वमा गाउँपालिका स्तरिय कृषि संजाल गठन समेत गरिएको छ ।<img class=”alignnone wp-image-31008