हाेस्टल घरबाट खसेर युवककाे मृत्यु

मङ्लबार, भदौ २८, २०७९

काठमाण्डाै ।  काठमाडौ स्थित सामाखुसीमा रहेको क्रिसटल ब्वाइज होस्टलको तेस्रो तल्लाबाट खसेर ब्रिटिस आर्मीमा जान ट्रेनिङ सेन्टर बस्दै आएका बारपाक सुलिकोट गाँउपालिका ६ का विकेश गुरुङको निधन भएको छ ।

घाइते भएका गुरुङलाई उपचारको लागी त्रिवि शिक्षण अस्पताल लागिएको थियो ।  उपचारका क्रममा गुरुङकाे निधन भएकाे हाे ।

ब्रिटिस गोरखामा जान बिगत एक वर्षदेखि उनी उक्त होस्टलमा बस्दै आएका उनका आफन्तले बताएका छन् ।  घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएकाे छ ।