गाेरखामा पहिलाे पटक पालुङटारमा एम्बुलेन्स भित्रदै

मङ्लबार, भदौ २८, २०७९

गाेरखा । जिल्लामा पहिलाे पटक एम्बुलेन्स भित्रिन लागेकाे छ । एउटा सँस्था मार्फत गाइखुर स्वास्थ्य चाैकीका लागि नेपाल सरकारले भने अनुसारकाे एम्बुलेन्स जिल्ला आउन लागेकाे हाे ।

हाल जिल्लामा ६६ वटा प्यासेन्जर ट्रान्सपाेर्ट रहेका छन् । ६६ मध्य ५४ वटा ट्रान्सपाेर्टहरु सञ्चालनमा रहेकाे स्वास्थ्य कार्यलयका अधिकृत नवराज खड्काले बताए ।  भएका ट्रान्सपाेर्टहरुमा गण्डकी, सिरानचाेक र गाेरखा नगरपालिका भित्रका ३ वटा ट्रान्सपाेर्ट जिल्ला बाहिर सञ्चालित छन् ।

यस अघि एम्बुलेन्सलाइ सुविधाकाे आधारमा क, ख, ग मा विभाजन गर्ने गरिएकाे थियाे । ग वर्षका एम्बुलेन्सलाइ सरकारले विरामी बाेक्ने सवारीकाे रुपमा परिभाषित गरेकाे छ । एम्बुलेन्स नाम राख्न कम्तिमा पनि ख वर्गकाे सवारी हुनुपर्दछ ।  पछिल्लाे वर्गिकरण अनुसार पालुङ्टारमा पहिलाे पटक एम्बुलेन्स आउन लागेकाे हाे ।