माेटरसाइकल दुर्घटनमा परी १८ वर्षिय युवककाे मृत्यु

बिहिबार, भदौ ३०, २०७९

गाेरखा ।  आँबुखैरेनी गोरखा सडक खण्डको गोनपा १३ मझुवा प्रहरी चौकी नजिकै बोलेरो जिप र मोटरसाईकल एक आपसमा ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएकाे छ ।

दुर्घटनामा परी घाईते मोटरसाईकल चालक गोरखा नगरपालिका वडा नम्बर ७ बतासेका १८ वर्षिय आशिष बस्यालको उपचारको क्रममा चितवनमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी लिलाराज लामिछानेले जानकारी दिए ।

गोरखाबाट खैरेनी जाँदै गरेको ग २ च २२९१ नम्बरको बोलेरो जिप र खैरेनीबाट आउँदै गरेको बा ५६ प २४०८ नम्बरको मोटसाईकल दुर्घटनामा परेको थियाे ।