Breaking News

नेपाल पत्रकार महासंघका प्रदेश कोषाध्यक्षहरूको भेलाबाट ७ बुँदे घोषणापत्र र प्रतिबद्धता जारी

By मनासलु

September 05, 2022

नेपाल पत्रकार महासंघका प्रदेश कोषाध्यक्षहरूको भेलाबाट ७ बुँदे घोषणापत्र र प्रतिबद्धता जारी गरिएको छ । महासंघ केन्द्रीय समितिको सहयोग र केन्द्रीय लेखा समितिको आयोजनामा प्रदेश कोषाध्यक्षको प्रथम भेला आइतबार काठमाडौंमा सम्पन्न भएको हो ।

भेलाले महासंघका प्रदेश, जिल्ला, वैदेशिक र एसोसियट शाखाहरू पूर्णपुरमा बैंकिङ्ग प्रणालीमा जान तथा आर्थिक अनुशासन, मितव्ययिता र पारदर्शिता कायम गर्न प्रतिबद्धता व्यक्त गरेको छ । यस्तै देशभरिका शाखा र प्रदेश समितिमा आर्थिक तथा भौतिक संरचना सहितको सम्पति विवरण पारदर्शी बनाउन सफ्टवेयर निर्माण गर्ने प्रतिबद्धता पनि भेलाले गरेको छ ।

हाल गैरकानुनी रूपमा युट्युब, फेसबुक, टिकटक लगायतका सोसल मिडियाबाट भइरहेको विज्ञापनलाई नियमन गर्न–गराउन पनि भेलाले सरकारसँग माग गरेको छ । संघीयताको मूल मर्मलाई आत्मसाथ गर्दै सरकारका ३ वटै तहलाई थप मिडियामैत्री बनाउन पनि भेलाले माग गरेको गण्डकी प्रदेश समितिका कोषाध्यक्ष  राजेन्द्र न्याैपानेले जानकारी दिए ।