सामाग्रीसँगै विद्यार्थीहरु

Breaking News

गाेरखा जिल्लाका तीन हजार आठसय विद्यार्थीलाइ शैक्षिक तथा स्वास्थ्य सामग्री वितरण

By मनासलु

September 11, 2022

गोरखा। हिमानी ट्रष्टले गोरखाका करिब ३८ सय विद्यार्थीलाई शैक्षिक तथा स्वास्थ्य सामाग्रीहरु बितरण गरेको छ । ट्रष्टले गोरखा सदरमुकाममा एक कार्यक्रम आयोजना गर्दै अध्यक्ष पूर्वयुवराज्ञी हिमानी शाहले ४० बिद्यालयका ३ हजार ७५० जना बिद्यार्थीलाई उक्त सामाग्री बितरण गरेकी छन् ।

विद्यार्थीहरुलाई झोला सहित १९ प्रकारका शैक्षिक तथा स्वास्थ्य सामग्री वितरण गरिएको ट्रष्टकी अध्यक्ष शाहले बताए । गोरखा नगरपालिका, पालुङटार नगरपालिका, शहिद लखन गाऊँपालिका, भिमसेन थापा गाऊँपालिका र धार्चे गाऊँपालिकाका गरी ४० विद्यालय छनौट गरि सामग्री सहयोग गरिएको हो ।

चाइना फाउण्डेनको सहकार्यमा ट्रष्टले वितरण गरेको ब्याग भित्र नेपाली तथा अग्रेजी एक्सरसाइज बुक, कलर बक्स, स्टेशनरी बक्स, पेन्सील, हेल्थ ब्याग, लन्च बक्स, वाटर बोटल, टावेल जस्ता दैनिक प्रयोगमा आउने सामाग्री राखिएको जनाएको छ । साथै ब्यागमा फेस माक्स, साबुन, मन्जन, व्रस, ब्यान्डेज र फ्रेण्डसिप कार्ड समेत राखिएको ट्रष्टले जानकारी दिएको छ ।

सबै विद्यालयमा गरेर झण्डै ५० लाख रुपैयाँ बराबरको सामग्री उपलब्ध गराइएको चाइना फाउण्डेशनका कवितकुमार नेपालीले जानकारी दिए । उनले शैक्षिक सामग्रीहरुको प्रभावकारी प्रयोगका लागि विद्यार्थीलाई प्रोत्साहित गर्न शिक्षक र अभिभावकलाई आग्रह गरे ।

कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख विष्णुप्रसाद भट्टराई, गोरखा नगरपालिकाका निवर्तमान मेयर राजनराज पन्तले पनि मन्तब्य व्यक्त गरेका थिए ।  शाहले  पुर्ख्याैली कुलदेवताको रुपमा पुज्दै आएको गोरखकाली मन्दिर र गोरखनाथको दर्शन समेत गरेकी छन् ।