
गोरखा। गोरखामा तीन दिनसम्म संविधान दिवस मनाइने भएको छ । मंगलबार बसेको मन्त्रिपरीषद् बैठकले असोज २ देखि ४ गते राष्ट्रिय महोत्सवका रुपमा संविधान दिवस मनाउने निर्णय गरेको हो । सोही निर्णय अनुसार गोरखामा पनि ३ दिन संविधान दिवस मनाइने जिल्ला प्रसासन कार्यालय गोरखाले जनाएको छ ।
उक्त अवधिभर जिल्ला स्थित सबै सरकारी सार्वजनिक कार्यालय एबं सामुदायिक संघ संस्थाहरुले राष्ट्रिय झण्डा एबं ब्यानर सजाई कार्यालय परिसरमा सरसफाई गर्ने तपसिल निणर्यमा उल्लेख गरिएको छ ।
जिल्ला भित्र रहेका धार्मिक, सांस्कृतिक सम्पदाहरुको सरसफाई सहित सौन्दर्यीकरण अभिबृद्धि गर्ने, सबै सरकारी तथा सार्बजनिक निकायका कार्यालयहरु र र्सावजनिक महत्वको सम्भाब्य स्थलहरुमा दीप प्रज्ज्वलन गर्ने र जिल्लावासी आमनागरीकका घर—घरमा साझ दीपावली गर्ने तपसिलमा रहेको गोरखाका प्रमुख प्रशासकीय अधिकृत चुडानिधि तिवारीले जानकारी दिए ।
स्थानीय छापा तथा विद्युतीय सञ्चार माध्यमबाट संविधान महत्वका बिषयमा बिभिन्न सन्देश तथा कार्यक्रमहरु प्रकाशन प्रसारण गर्ने उनले बताए । उनका अनुसार दिवसको सन्दर्भमा संघ, प्रदेश र स्थानिय सरकार एवं सरकारी गैरसरकारी तथा सामुदायिक संघ संस्थाहरुबाट आयोजना तथा सञ्चालन हुने रचनात्मक सिजर्नात्मक सन्देशमुलक तथा जनचेतना मुलक कार्यक्रमहरुमा आवश्यक समन्वय तथा सहजिकरण गर्ने बताएको छ ।


