Breaking News

बारपाक सुलिकाेट गाउँपालिकामा अखिल क्रान्तिकारी महिलाहरु सङ्गठित

By मनासलु

September 16, 2022

गोरखा । अखिल नेपाल महिला संघ क्रान्तिकारी बारपाक सुलिकोट गाउँपालिकामा सङ्गठित भएका छन् । भेलाले जानुका पनेरुको अध्यक्षतामा २५ सदस्सीय अनेमसंघ क्रान्तिकारी बारपाक सुलिकोट गाउँपालिका समिति चयन गरेको हो । भेलाले उपाध्यक्ष बिष्णु गुरुङ, सचिवमा दिलकुमारी गुरुङ, सहसचिवमा तिलकुमारी गुरुङ र कोषाध्यक्षमा आशिका गुरुङ चयन भएका छन् ।

भेलामा गाउँपालिका पालिकाकी उपाध्यक्ष तथा पार्टीको गण्डकी प्रदेश समितिकी सदस्य सनमाया गुरुङ, नेताहरु शुभप्रभात नेपाली, वडा नम्बर ६ का वडाध्यक्ष बाबुलाल गुरुङ लगायतको अतिथ्यता रहेको थियो ।

भेलालाई सम्बोधन गर्दै र्कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएकी नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रकी केन्द्रीय सदस्य भगवती तिवारीले अनेमसंघ क्रान्तिकारीले पार्टी निर्माणमा खेलेको भूमिका अतुलनिय रहेको बताइन ।