राजनीति

प्रेस मञ्च नेपालको केन्द्रीय समिति पुनर्गठन, अध्यक्षमा कमन देवान

By मनासलु

September 18, 2022

ललितपुर । प्रेस मञ्च नेपालको केन्द्रीय समिति पुनर्गठन भएको छ । शनिबार बालकुमारीमा सम्पन्न बैठकबाट कमन देवानको अध्यक्षतामा ५१ सदस्यीय समिति पुनर्गठन गरिएको हो ।

समितिको उपाध्यक्षहरुमा विजय चाम्लीङ, राजेश कणर्, नातीकाजी महर्जन, दिपेन्द्र रुम्दाली, शाहीमान राई, मनोज यादव र सोना खटिक रहेका छन् ।

समितिको महासचिवमा अवधेश झा, उपमहासचिवहरुमा अमरेन्द्रकुमार यादव, देवेन्द्र खापुङ, मुकेश मिश्र, राम एकवाल साह र वैद्यनाथ यादव चयन भएका छन् भने कोषाध्यक्षमा प्रतिमा चौधरी चयन भएकी छन् ।

जनता समाजवादी पार्टी, नेपालका केन्द्रीय राजनीतिक समिति सदस्य एवम् पार्टीको केन्द्रीय सूचना, सञ्चार, प्रकाशन तथा प्रचार विभाग प्रमुख पूणर्बहादुर बस्नेतको प्रमुख आतिथ्यता रहेका बैठकमा प्रचार विभागका उपप्रमुख अमरनाथ मण्डल, विभागकी सचिव पासाङ शेर्पा, बौद्धिक पेसाकर्मी महासंघका महासचिव विरेन्द्र ठाकुर, डा. दिलिप यादव लगायतको उपस्थिति रहेको थियो ।