विश्व विख्यात स्की आराेही हिलारी नेल्सन

Breaking News

विश्वविख्यात स्की आराेही नेल्सन भीमथाङमा मृत फेला

By मनासलु

September 28, 2022

हिलारी सोमबार मनास्लुको चुचुरोबाट स्की गरेर तल झर्ने क्रममा मनाङ जिल्लाकाे भीमथाङ क्षेत्रमा  एक्कासी बेपत्ता भएकी थिइन ।  बुधबार बिहान शेर्पाहरुले  मृत शरिर भेटाएका थिए ।

नेल्सनको शव निकालेर चुमनुव्री गाउँपालिका वडा नम्बर १ स्थित  सामागाउँ ल्याएर मुचुल्का उठाइ सिम्रिक एयरको हेलिकप्टर मार्फत काठमाण्डौं पठाइएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी  उपरीक्षक केदार खनालले जानकारी दिए ।  ‘उहाँको शव हिउँबाट निकालेर सामागाँउ ल्याई पुर्याएको र प्रक्रिया पुर्याएर  सिम्रिक एयरको हेलिकप्टर मार्फत काठमाण्डौंको टिचिङ अस्पताल पठाएका छौं ।’

मृतकको शवको काठमाण्डौ टिचिङ अस्पतालमा पोस्ट्मार्टम गरिने सांग्रिला नेपाल ट्रेक्स प्रालिका प्रबन्ध निर्देशक जीवन घिमिरेले बताउनुभयाे । उनीसँगै स्की गर्न गएका जिम मोरिसन भने सकुशल आधार शिविरमा फर्केका थिए ।

नर्थफेसकी एथलेट हिलारीले सन् २०१८ मा मोरिसनसँगै स्की गर्दै ल्होप्से हिमालको चुचुरोबाट अवरोहण गर्नु सफल हुनुभएकाे थियाे ।  ८ हजार मिटरमाथिको २ वटा हिमालको चुचुरोबाट स्की गरेका हिलारी मनास्लु हिमालमा स्की गर्ने क्रममा ज्यान गुमाउन परेकाे छ ।

अमेरिकाको सियाटलमा जन्मनु भएकी हिलारीलाई सन् २०१८ मा नेसनल जोग्रोफिकले साहसी खेलाडीको सूचीमा राखेको थियो । सन् २००५ मा उनले चोयु हिमालको चुचुरोबाट स्की गरेकी थिइन