नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबविरुद्ध पहिले बलिङ गर्ने

शुक्रबार, भदौ ३१, २०७९

भदौ ३१ , काठमाडौं । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष क्रिकेटको फाइनलमा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबविरुद्ध पहिले बलिङ गर्ने भएको छ ।

पुलिसलले टस जितेर पहिले बलिङ राोजेको हो । कीर्तिपुरस्थित टीयू मैदानमा पानी जमेकाले ढिला सुरु भएको खेल ८-८ ओभरको हुनेछ । पुलिस दीपेन्द्र सिंह ऐरीको कप्तानीमा र आर्मी विनोद भण्डारीको कप्तानीमा खेल्दैछ ।