राष्ट्रिय लाेक तथा दाेहाेरी गीत प्रतिष्ठान गाेरखा अध्यक्षमा हरीराम परियार सर्वसम्मत

शुक्रबार, भदौ ३१, २०७९

गाेरखा । गाेरखा सांस्कृतिक समाजका संगठन विभाग प्रमुख हरिराम परियार राष्ट्रिय लाेक तथा दाेहाेरी गीत प्रतिष्ठान नेपाल कार्यसमिति गाेरखाकाे अध्यक्षमा सर्वसम्मत भएका छन् ।

प्रथम उपाध्यक्षमा राजेन्द्रबाबु पन्थ,दितिय उपाध्यक्षमा सुनिल लामिछाने महिला उपाध्यक्ष रिता थापा मगर सचिव केशव वगाले सह सचिव सुनिला गुरुङ काेषाध्यक्ष अम्बर बहादुर थापा सह काेषाध्यक्ष रुपा गुरुङ सदस्यहरु देवनारायण मगर निल कुमारी पाेखरेल सचिन भट्टराइ रामन बसेल अमिस उपरकाेटी सम्झना लामिछाने दिनेश थापा बर्षा थापा टिका गुरुङ रेश्मा तामाङ सुजन गुरुङ पार्वती परियार चिज बहादुर गुरुङ विनाेद राेका राज गुरुङ कविराज ढकाल रहेका छन् ।

समितिकाे आज भएकाे अधिवेशनकाे उद्घाटन जिल्ला समन्वय समिति गाेरखाका प्रमुख माेहन थापाले उद्घाटन गरेका थिए । थापाले कला क्षेत्रका सँरक्षणका लागि आफूले सक्दाे सहयाेग गर्ने बताएका छन् ।