शहीद लखनमा संविधान दिवसमा सम्मान,अन्तरक्रिया र कार्य सम्पादन करार सम्झौता

मङ्लबार, असाेज ४, २०७९

गोरखा । शहीद लखन गाउँपालिकामा सातौ संविधान दिवस तथा नेपाल प्रथम शहीद लखन थापालाई सरकारले औपचारिक रुपमा शहीद घोषणा गरेको दिनको अबसरमा आज बिभिन्न कार्यक्रम गरी मनाइएको छ । गाउँपालिकाले दिवसको अबसरमा कर्मचारीहरुसंग अन्तरक्रिया तथा कार्यसम्पादन करार सम्झौता गरेको गाँउपालिका अध्यक्ष रमेशबाबु थापामगरले जानकारी दिए ।

सरकारले बि।स २०७३ साल असोज ३ गते शहीद लखन थापालाई औपचारिक रुपमा नेपालको प्रथम शहीद घोषणा गरेको थियो । ‘दिवसको अबसरमा अन्तरक्रियासंगै प्रमुख प्रशासकिय अधिकृतले शाखा प्रमुखहरुसग आज नै कार्य सम्पादन करार सम्झौता गरेका छन्, अध्यक्ष थापामगरले भन्नुभयो, ‘सम्बन्धित शाखाका प्रमुखहरुले अन्य कर्मचारीहरु पनि कार्यसम्पादन करार सम्झौता गरिएको छ ।’

गाउँपालिकाले पालिका भित्र सुशासन कायम गर्न र कार्य सम्पादनको स्तरवृद्धि तथा जवाफदेहिता सृजना बिशेष महत्व राख्ने अध्यक्ष थापामगरको भनाई छ । उत्तरदायित्व र जिम्मेवारी बोधका लागि सम्झौता बिशेष महत्व राख्ने गाउँपालिका अध्यक्ष थापामगरले बताउनुभयो । कर्मचारीहरुलाई आफ्नो काम प्रति जिम्मेवार, जवाफदेही र उत्तरदायी बनाउनका लागि कार्य सम्पादन करार सम्झौता गरिएको उहाँको भनाई छ । यस अघि पालिकामा जनप्रतिनिधिहरुले पनि कार्यसम्पादन करार सम्झौता गरिसकेका छन् ।

त्यस्तै संविधान दिवसको अबसरमा वडा नम्बर ६ स्थित घैरुङका समाजसेवी चन्द्रबहादुर श्रेष्ठलाई गाउँपालिकाले सम्मान गरेको उहाँले बताउनुभयो । श्रेष्ठले समाजसेवाको क्षेत्रमा पु¥याउनु भएको अतुलनिय योगदानको उच्च प्रंससा गर्दै गाउँपालिकाले सम्मान गरेको उनले जानकारी दिए । कार्यक्रमम गाउँपालिकाकी उपाध्यक्ष लगायत जनप्रतिनिधिहरुको पनि सहभागिता रहेको थियो ।