अर्थमन्त्री शर्मा आज पालुङ्टार आउने

बुधबार, असाेज ५, २०७९

गाेरखा । दाेस्राे लिगलिग पालुङ्टार महाेत्सव उद्घाटनका लागि अर्थमन्त्री जनार्दन शर्मा आज पालुङ्टार आउने भएका छन् । लिगलिग पालुङ्टार उद्याेग वाणिज्य सँघ गाेरखाकाे आयाेजनामा हुन लागेकाे महाेत्सव ११ गते सम्म चल्ने आयाेजक सँस्थाका अध्यक्ष मान बहादुर आलेले बताए ।