शहिदलखनमा उपभाेक्ता समितिलाइ अभिमुखिकरण कार्यक्रम

बिहिबार, असाेज ६, २०७९

गोरखा, ६ असोज । गोरखाको शहीद लखन गाउँपालिकाले वडा नम्बर ७ मा उपभोक्ता समितिलाई अभिमुखीकरण तालिम प्रदान गरेको छ । गाउँपालिकाले चालु आर्थिक बर्ष २०७९ /०८० मा वडा भित्र सञ्चालन हुने बिकासका योजनाहरुको प्रभावकारी कार्यान्व्यनका लागी उपभोक्ता समितिका समितिका पदाधिकारीलाई अभिमुखीकरण तालिम प्रदान गरेको गाउँपालिकाका अध्यक्ष रमेशबाबु थापामगरले जानकारी दिए ।

अभिमुखीकरण तालिममा योजना सम्झौतादेखि भुक्तानी प्रक्रियासम्म उपभोक्ता समितिका पदाधिकारीहरुलाई जानकारी गराइएको हाे ।  “चालु आर्थिक बर्षका योजनाहरुलाई समयमा सम्झौता गरेर समयमा नै निर्माण सम्पन्न गर्ने योजना गाउँपालिकाको छ,उनले भने , “योजनाको पूर्ण कार्यान्वयन, पारर्दशिता तथा मापदण्ड अनुसारको काम गराउनका लागी पनि यस्ता खालका अभिमुखीकरण तालिम दिनु आबश्यक छ ।”

कार्यक्रम वडा नम्बर ७ का वडाध्यक्ष शरण श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको हो । अभिमुखीकरण तालिममा गाउँपालिकाकी उपाध्यक्ष इन्दिरा तिवारी, प्रमुख प्रशासकिय अधिकृत बाबुराम मगर, योजना शाखा प्रमुख इन्जिनियर राजन रानाभाट, वडाका जनप्रतिनिधिहरु, वडाका कर्मचारी लगायतको सहभागिता रहेको थियो ।

गाउँपालिकाले चालु आर्थिक बर्षमा १५ लाख ५० हजार रुपैया सम्मको योजना उपभोक्ता समिति मार्फत गर्ने र त्यस भन्दामाथिका योजना ठेक्का मार्फत गर्ने निर्णय गरेको छ । उपभोक्ता समिति मार्फत गर्ने योजनाहरुमा ५ लाखसम्म रुपैया सम्मका योजनामा उपभोक्ता समितिले १० प्रतिसत श्रमदान गर्नुपर्ने र ५ लाख देखिमाथिका योजनामा उपभोक्ताले ५ प्रतिसत रकम साझेदारी तथा ५ प्रतिसत श्रमदान गर्नुपर्ने नीति अबलम्बन गरेको अध्यक्ष थापामगरले जानकारी दिए ।

पालिकाकाे कतिपय वडामा उपभाेक्ता समितिले छलछाम गर्ने वडा अध्यक्षले सनाखत गर्ने र राज्यस्राेतकाे बजेटलाइ कागजपत्रमा मिलाइ काम नगर्ने परिपार्टीकाे भने अन्त्य हुन नसकेकाे वडा सदस्यहरुकाे भनाइ छ ।