अवैध हतियार सहित तीन जना पक्राउ

शुक्रबार, असाेज ७, २०७९

असाेज, ७ गाेरखा ।  जिल्लाकाे बारपाकबाट अवैध हातहतियार सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । बारपाक सुलिकोट गाउँपालिका वडा नम्बर १ घर भएका ६० बर्षका माइला घले, ५३ बर्षका सिताबहादुर घले र वडा नम्बर २ का २६ बर्षका कृष्णप्रसाद घलेलाई अबैध हातहतियार सहित प्रहरीले पक्राउ हो ।

जिल्ला प्रहरी कार्यालय गोरखाको प्रहरी नायव उपरीक्षक (डिएसपी) लिलाराज कोइरालाका अनुसार हातहतियार लुकाई छिपाई राखेको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय जौवारीबाट खटिएको प्रहरीको टोलीले उनिहरुलाई पक्राउ गरेको हो ।

पक्राउ परेका सिताबहादुरको घरबाट एकनाले सर्ट गन सहित त्यसमा प्रयोग हुने जंगी गोली २४ थान र ३४ थान गोलीको खोका समेत बरामद भएको डिएसपी लामिछानेको भनाई छ । पक्राउ परेका अन्य दुई जना माईला घलेको गोठबाट र कृष्णप्रसादको घरबाट भरुवा बन्दुक एकनाले भरुवा बन्दुक बरामत भएको उनले बताए ।

पक्राउ परेको तिनै जना बिरुद्ध प्रहरीले विहिबार जिल्ला अदालत गोरखाबाट म्याद थप गरी हातहतियार तथा खरखजना कसुर शिर्षका मुद्धा दर्ता गरेर थप अनुसन्धान सुरु गरेको डिएसपी लामिछानेले बताए । उनिहरुले घरगोठमा लुकाई राखेको अबस्थामा फरक–फरक स्थानबाट हातहतियार बरामद भएको डिएसपी कोराइलाले बताए ।